एजेन्सी
जारी सिजन पीएसजी र बायर्न दुवै टोलीले आक्रामक फुटबल खेल्दै घरेलु लिग र कपमा जित हासिल गरेका थिए । दुवै टोलीच्याम्पियन्स लिग उपाधिसहित सुखद अन्त्य गर्ने सुरमा हुनेछन् । बायर्नले यस सिजन ४४ खेल खेल्दै १ सय ४२ गोल गरेको छ ।पीएसजीले ३७ खेलमा १ सय २ गोल गर्यो । फ्रान्सेली लिग बिचमै रद्द हुँदा पीएसजीले लिगको सबै खेल खेल्न पाएन ।
बायर्नले बुधबार भएको दोस्रो सेमिफाइनलमा लियोनलाई ३–० ले पराजित गरेसँगै उपाधि भिडन्तमा स्थान बनाएको हो । बायर्नकोजितमा सर्ज जिनाब्रीले २ तथा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । पहिलो हाफमा नै बायर्नले जिनाब्रीको दुई गोलको मदतले आरामदायीअग्रता बनाएको थियो । लेवान्डोस्कीले जारि सिजन प्रतियोगितामा १५ औं गोल गरेपछि जित सुनिश्चित भएको थियो ।
यता पीएसजीले पनि मंगलबार आरबी लाइप्जिगलाई ३–० कै अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पीएसजीकालागि मार्किन्हस, एन्जल डी मारिया र जुआन बर्नाटले गोल गरे । लाइप्जिगविरुद्ध खेलको सुरुवाती समयदेखि नै पीएसजीले दबाबकायम गरेको थियो । डी मारियाले १ गोलसँगै २ असिस्ट दिएपछि पीएसजीको पहिलो फाइनल यात्रा सम्भव भएको थियो ।
पीएसजीका लागि युवा फरवार्ड एमबाप्पेले २३ गोल गर्दा नेयमारले १९ गोल गर्न सफल रहे । तर बायर्नका मुख्य फरवार्ड रोबर्टलेवान्डोस्कीले यी दुईको गोल जोडेभन्दा बढी ४९ गोल गरेका छन् । उनले च्याम्पियन्स लिगमा मात्र १५ गोल गरिसकेका छन् रफाइनलमा त्यसलाई निरन्तरता दिने सुरमा हुनेछन् ।
बायर्न र पीएसजीले हालसम्म च्याम्पियन्स लिगको समूह चरणमा मात्र भिडेका छन् । हालसम्मको नतिजा अनुसार पीएसजीले ५ पटकजित हासिल गर्दा १३ गोल गरेको छ । यता तीनपटक मात्र जितेको बायर्नले १२ गोल गरेको छ ।
पीएसजीका जर्मन प्रशिक्षक थोमस टुचेलले दोस्रो सिजनमा नै टोलीलाई फाइनलसम्म पुर्याउन सफल भए । पीएसजीले यस सिजन ४उपाधि जितिसकेको छ र अब पाँचौ उपाधिको रुपमा च्याम्पियन्स लिग जित्दै इतिहास रच्न चाहन्छ । सिजनको सुरुवातमा फ्रान्सेलीसुपर कप जितेको पीएसजीले फ्रान्सेली लिगसँगै फ्रेन्च कप र फ्रेन्च लिग कप जित्न सफल रहेको थियो ।
अर्कोतर्फ बायर्नले कार्यवाहक प्रशिक्षकका रुपमा हान्सी फ्लिकलाई सिजनको बिचमा जिम्मेवारी दिएको थियो । निको कोभाचलेअपेक्षित प्रदर्शन गर्न नसकेपछि बर्खास्त गरेर फ्लिक आएका थिए । उनले लिग र जर्मन कप उपाधि पनि जिताए ।
Comments are closed.