लेखनाथमा यौन दुव्र्यवहार गर्ने दुईजना पक्राउ
ऋषिकान्त पौडेल, पोखरा, २ माघ । समय बिहानको ४ बजे । झिसमिसे अध्याँरो । सुनसान बाटो । एक जवान युवती ‘मर्निङ वाक’ गरिरहेकी छन् । दुई भुसतिघ्रे नजिकै आउँछन् र एक्कासी युवतीलाई झम्टिन थाल्छन् । एकजनाले युवतीको यौनीमै औंला छिराउछ । युवतीले प्रतिकार गरेपछि ति अध्याँरोमा हराउँछन् । युवती घर पुग्छिन् र दाईलाई घटनाको जानकारी गराउछिन् । दाईले प्रहरीलाई खबर गरेपछि दुबै तत्काल पक्राउ पर्छन् । पक्राउ पर्नेमा एक वहालवाला प्रहरी र अर्को भुपु प्रहरी हुन्छन् ।
सर्वसाधारणलाई सुरक्षा दिनुपर्ने प्रहरीनै यौन दुव्र्यवहारमा उत्रिएको यो घटना बिहीबार लेखनाथको डाडाँको नाकमा भएको हो । पक्राउ पर्ने डाँडाको नाक प्रहरी चौकीमा कार्यरत सिपाही भद्र शाही ठकुरी र अर्का करिब ६–७ वर्ष अघि प्रहरीको जागिर छोडेका सापकोटा थरका युवा हुन् । उनीहरुले प्रहरी चौकीको पछाडिपट्टी डाँडाको नाक चोक र अर्घौचोकबाट भित्र पस्ने बाटोमा एक युवतीलाई यौन दुव्र्यवहार गरेका थिए । उनीहरु पक्राउ परेपछि युवतीको मेडिकल जाँच पनि गरिएको थियो ।
श्रोतका अनुसार घटनास्थलमा ठकुरीको सुनको सिक्रि समेत भेटिएको थियो । ठकुरीले युवतीको यौनीमा औंला छिराएको दोष सापकोटालाई लगाएको तर सापकोटाले भने आफुले त्यस्तो कार्य नगरेको दावी गरेको श्रोतले बतायो । डाँडाको नाक प्रहरी चौकीले थप अनुसन्धानका लागि दुबैलाई जिल्ला प्रहरी कार्यालय पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एस.पी हरि पालले घटना सत्य भएको पुष्टी गरे । पोखरा हटलाइनसँग कुरा गर्दै उनले पक्राउ पर्नेमा एकजना प्रहरी पनि रहेको स्वीकारे । ‘अपराध गर्ने जोसुकैलाई पनि कानुन बमोजिम कार्वाही हुन्छ’, उनले भने, ‘चाँहे त्यो प्रहरी नै किन नहोस् ।’ अहिलेसम्मको अनुसन्धानबाट पीडकले गल्ती स्वीकारेको एस.पी पालले बताए ।
Comments are closed.