यौनमा औषधिको प्रभाव

sex-pills

के औषधिको कारणले पनि यस्तो हुन्छ
चिकित्सा विज्ञानको विकाससँगसँगै विभिन्न रोगको उपचारका लागि औषधिको विकास भएको छ । त्यसको प्रयोग पनि व्यापकरुपमा नै भएको छ र यो बढ्दोरुपमा छ । हामीलाई थाहै छ, यी औषधिका गुणका कारणले नै हामीले स्वस्थता हासिल गरी उत्पादनमूलक तथा सुखी जीवन बिताइरहन पाएका छौं । अर्कोतिर हामीलाई यस्ता औषधिको केही नकारात्मक असर पनि हुने गरेको थाहा नै छ । अलि कम नै चर्चा हुने गरे पनि कतिपय यस्ता औषधिकोयौनक्षमतामा पनि थोर–बहुत नकारात्मक असर हुने गर्दछ । कतिपय व्यक्तिमा औषधिको प्रयोगका कारण यौनसम्बन्धी कुरामा समस्या परे पनि धेरैजसो स्थितिमा उपचारका क्रममा प्रयोग भएका यस्ता औषधिलाई हामीले शंका भने गरिहाल्दैनौं । केही मुलुकमा २५ प्रतिशतसम्म यौनसमस्या यस्ता औषधिका कारणले हुने गरिएको भनिन्छ । हाम्रो स्नायु, अन्तःश्रावी अर्थात् हर्मोन प्रणालीको यौनक्रियाकलापमा महत्त्वपूर्ण प्रभाव हुने गर्छ ।

कसरी पर्छ यौनक्षमतामा असर
यौना¨ वा यौन संवेदनशील अ¨को प्रत्यक्ष स्पर्शबाट पनि यौनउत्तेजना हुन्छ र यसका सन्देश पनि वास्तवमा मस्तिष्कसम्म पुग्छन् नै । त्यसले अर्थ लगाएपछि नै हामीमा यौनउत्तेजना आउँछ । मस्तिष्क, स्नायु नसामा प्रभाव पार्ने किसिमका औषधिहरूले यौनसम्बन्धी समस्या गराउन सक्छन् । अनि झुम्म पार्ने वा निद्रा लगाउने औषधिले पनि नकारात्मक असर पार्छ । त्यसै गरी एन्ड्रोजन, एस्ट्रोजन तथा टेस्टोस्टेरोनजस्ता हर्मोनको पनि महत्त्वपूर्ण प्रभाव रहेको हुन्छ । यसलाई प्रभावित गर्ने औषधिले यौनसमस्या गराउन सक्छ ।

यस्ता औषधि महिला तथा पुरुष दुवैले प्रयोग गर्ने भएको हुनाले यस्ता समस्या पनि दुवैमा देखिन सक्छ । पुरुषमा यौनव्यग्रता वा यौनेच्छा कम हुने, लि¨ उत्तेजनमा समस्या आउने, वीर्य स्खलनमा समस्या आउने वा यौन चरमसुख प्राप्त गर्नमा समस्या हुने हुन्छ । महिलाको हकमा यौनेच्छा कम हुने, यौन चरमसुख प्राप्त नहुने हुन सक्छ । त्यसका साथै यौनसम्पर्क पीडादायी हुने वा योनिमा संकुचन आउने वा योनिरस पर्याप्त मात्रामा नआउने हुन सक्छ । यहाँ केही प्रमुख औषधिका बारेमा चर्चा गरिए पनि यस्तो समस्या लिएर आउने व्यक्तिको हकमा उसले प्रयोग गर्ने सबै औषधिको सन्दर्भमा यस्तो प्रभाव परेको छ वा छैन भनेर राम्ररी विश्लेषण गरिनुपर्छ । किनकि सबै औषधिको प्रभाव सबै व्यक्तिमा एकैनासको नहुन सक्छ ।

यौनसमस्या गराउन सक्ने केही औषधि
यौनसमस्या गराउन सक्ने केही प्रमुख औषधिका बारेमा यहाँ छोटकरीमा चर्चा गरिन्छ । यी औषधिका यस्ता प्रभाव हुन सक्ने भए पनि यस्ता औषधिको सेवन गर्ने सबै व्यक्तिमा त्यस किसिमको नकारात्मक असर देखिन सक्छ भन्ने छैन ।

मानसिक समस्याका लागि
प्रयोग गरिने औषधिः

मानसिक समस्यामा विशेष गरी निराशापनमा प्रयोग गरिने एन्टिडिप्रेसेन्ट समूहको औषधिले यौनक्षमतामा नकारात्मक असर गर्न सक्छ । केही प्रमुख औषधिहरू amitriptyline, amoxapine, clomipramine, doxepine, maprotiline, protriptyline, trazodone हुन् ।
त्यसै गरी एन्टिसाइकोटिक्स समूहका औषधिहरू जस्तै– chlorpromazine, haloperidol, thioridazine and trifluoperazine को पनि नकारात्मक प्रभाव पर्दछ । मस्तिष्कमा हुने डोपामिन भन्ने रसायनको कार्यलाई यसले रोक्ने भएकाले त्यस किसिमको प्रभाव देखिन्छ । त्यस्तै anti-anxiety drugs like diazepam को पनि नकारात्मक असर पर्दछ । नशा लाग्ने औषधि वा रसायन जस्तो कि Alcohol, opioids and cocaine जस्ता औषधिको पनि त्यस्तै प्रभाव हुने गर्छ ।
Parkinson’s disease को उपचारमा प्रयोग हुने औषधि जस्तै– levodopa, benztropin, bromocriptine यसरी यौनक्षमतामा नकारात्मक असर पार्ने अर्को कारण हुन सक्छ । यही लिस्टमा seizures का उपचारमा प्रयोग हुने carbamazepine, ethosuximide, phenytoin जस्ता औषधि पनि पर्छन् ।

उच्च रक्तचाप वा मुटुरोगका लागि प्रयोग हुने औषधिः
रक्तचापलाई कम गर्ने औषधिले स्वाभाविकरुपमा नै रक्तचापलाई कम गर्छ । यसले गर्दा लि¨ उत्तेजनालाई आवश्यक चाप नहुँदा यसमा केही समस्या आउन सक्छ । उच्च रक्तचापको लागि प्रयोग हुने औषधिहरू जस्तै–ःभतजथमियउब, उचबशयकष्ल, अयिलष्मष्लभ, नगबलभतजष्मष्लभ बलम चभकभचउष्लभ को नकारात्मक असर लि¨ उत्तेजनामा हुन्छ । यस्ता नकारात्मक असर बतभलययि,िःभतयउचययि िमा पनि देखिन्छ ।मुटको गति वा चालको गडबडीमा प्रयोग गरिने औषधि जस्तै– बmष्यमबचयलभ तथाःभहभष्तिष्लभ औषधिको यस्तो असर पर्छ भने अर्को रगतमा चिल्लोपन कम गर्ने अयिाष्दचबतभ को पनि यौनमा नकारात्मक असर हुन्छ ।

एन्टिहिस्टामिनको यौनमा नकारात्मक असर
हामीले प्रायः प्रयोग गर्ने antihistamines औषधि जस्तै– diphenhydramine, dimenhydrinate, hydroxyzine, meclizine, promethazine को नकारात्मक असर यौनक्षमता हुन्छ किनकि यी औषधिले हामीलाई drowsy अर्थात् झुम्म पार्ने हुन्छ । महिलाहरूमा यस्तो औषधिले योनि सुक्खा गराउँछ । यसले गर्दा यौनसम्पर्कमा पीडायुक्त हुन सक्छ ।

हर्मोन प्रणालीलाई प्रभाव पार्ने औषधिः
विभिन्न रोग वा समस्याको लागि प्रयोग गर्ने भए पनि हर्मोन प्रणालीलाई प्रभाव पार्दा यौनक्षमतामा कुनै न कुनै किसिमले नकारात्मक असर पर्न सक्छ । यस्ता औषधिमा उच्च रक्तचापको लागि प्रयोग हुने spironolactone अनि पेटको अल्सरको लागि प्रयोग हुने cimetidine ले हर्मोन प्रणालीमा प्रभाव पारी यौनक्षमतामा नकारात्मक असर पार्न सक्छ । प्रोस्टेटको खराबीको लागि प्रयोग गरिने finasteride तथा dutasteride ले हर्मोन प्रणालीमा असर गर्दा यौनक्षमतासम्बन्धी समस्या देखिन सक्छ ।
हर्मोनयुक्त वा त्यस्तै प्रभाव पार्ने औषधि विशेष गरेर estrogen अनि GnRH analogues such जस्तै– nafarelin, triptorelin, goserelin तथा leuprolide को पनि त्यस्तै नकारात्मक असर पर्न सक्छ । त्यसका साथै क्यान्सरको उपचारको क्रममा प्रयोग गर्ने औषधि का कारणले पनि यौनमा समस्या पर्छ ।

मद्यपानबारे पनि केही कुरा

धेरैजसो व्यक्तिले मद्यपानले यौनचाहना वा कार्यक्षमतामा सकारात्मक असर गर्छ भन्ने कुरा सोच्छन् । तर मुख्य कुरा के भने, अत्यधिक मद्यपानको सेवनले यौनक्षमतामा नकारात्मक असर पार्ने गर्छ । धेरै व्यक्तिको सोचाइ विपरीत मद्यपानले यौनचाहना बढाउनमा कुनै मद्दत गर्दैन । महिलामा यसले भगक्षेत्रमा रक्तसञ्चारमा कमी ल्याउँछ र यसको पिसाब लगाउने गुण भएकाले योनिमा रस कम आउने वा सुक्खा हुन सक्छ । योनि सुक्खा हुनु महिलाको लागि मात्र हाइन पुरुषको लागि पनि कम आनन्ददायी हुन सक्छ । त्यसै गरी पुरुषमा लि¨ उत्तेजना भनेअनुसार नहुने अर्थात् कडापन पनि केही कम हुने, वीर्य स्खलनमा केही ढिलाइ हुनेजस्ता असर पर्न सक्छ । शीघ्र स्खलनलाई नियन्त्रण गर्न पनि नसक्ने हुन सक्छ । मद्यपानले मातेको बेलामा यौन चरमसुख प्राप्तिलाई पनि केही गाह्रो बनाउँछ । मद्यपानको लत नै बसेको छ भने त यौनक्षमता अनि दीर्घकालीनरुपमा यौनजीवनलाई नै नकारात्मक असर पार्ने हुन्छ । यौनचाहनाको लागि आवश्यक हर्मोन टेस्टेस्टेरोनको उत्पादनमा कमी हुने, कलेजोमा क्षति पुर्याउने, स्नायु प्रणालीमा असर गर्ने, रोग क्षमता शक्ति कमजोर पार्ने, अण्डकोष नै सुक्नेजस्तो समस्या पनि आउन सक्छ । यस्ता कुरा को प्रत्यक्ष तथा परोक्ष प्रभाव यौनक्षमतामा हुने गर्छ ।

समाधानका लागि के गर्ने
माथि भनिएका औषधिका केही उदाहरण मात्रै हुन् । त्यसबाहेक अन्य औषधिले पनि नकारात्मक असर पार्न सक्छ । फेरि यस्ता औषधिको यौनजीवनमा प्रभाव सबै व्यक्तिमा एकै किसिमको हुँदैन । व्यक्तिअनुसार कसैमा बढी हुन्छ भने कसैमा कम हुन्छ । यदि तपाईंको कुनै शारीरिक वा मानसिक समस्याको उपचारका लागि प्रयोग गरिएका औषधिको प्रभावले यौनक्षमतामा नकारात्मक असर परेको हो कि भन्ने शंका छ भने वास्तवमा त्यो हो वा होइन, त्यसको निदान सबैभन्दा पहिले हुनुपर्छ ।

विभिन्न कारणले तपाईंलाई चिकित्सकसँग यौनजीवनमा आएको परिवर्तनबारे कुराकानी गर्न असजिलो लाग्न सक्छ तर यहाँ लाज मान्नुपर्ने केही छैन । तपाईंलाई औषधिको कारणले यस्तो भएको हो कि भन्ने शंका भएको स्थितिमा तपाईंले चिकित्सकसँग यसको बारेमा छलफल गर्नुहोस् । चिकित्सकले तपाईंलाई औषधिको मात्रा कम गरेर वा वैकल्पिक औषधि दिएर सहयोग गर्न सक्छन् ।तपाईंले कुनै पनि औषधि सेवन गरिरहनुभएको छ भने अकस्मात् बन्द गर्नुहुँदैन । यसो गर्दा तपाईंको उपचारमा बाधा आउने मात्रै होइन, गम्भीर स्वास्थ्यसम्बन्धी असर पर्न सक्छ । मानौं तपाईंले उच्च रक्तचापको लागि औषधिको प्रयोग गरिरहनुभएको छ भने त्यसलाई अकस्मात् बन्द गर्नुहुँदैन, हृदयघात वा मस्तिष्कघातजस्ता गम्भीर समस्या पर्न सक्छ । अर्को विचार गर्नुपर्ने कुरा के छ भने, यसरी औषधि सेवन गर्न बन्द गरेपछि यौनसम्बन्धी समस्या केही हप्तासम्ममा सामान्य बन्छ तर त्यसो नभएमा तपाईंको यौनसमस्याको पहिचान गर्न थप परीक्षण गर्नुपर्ने हुन्छ ।

   -स्रोत साधना

Comments are closed.