एजेन्सीहरु, मुम्बइ/ बलिउडका अभिनेता रणबीर कपुर र अभिनेत्री कैटरीना कैफ एक अर्कासँग एकदम नजिक भएको कुरा दुनियाँलाइ थाहा भएकै कुरा हो । उनिहरु परिवारसँग छुट्टिएर बाहिर अर्पाटमेण्टमा बस्ने मात्र हैन, मौका मिल्ना साथ बिदेश पनि जान्छन् । सुरुमा सन् २०१३ मा पहिलो पटक यो जोडीले स्पेनमा लामो समय बिताएको तस्बीर सार्वजनिक भएपछि, बिश्वभर यी दुइको संबन्ध सार्वजनिक भयो ।
यसैक्रममा गत बुधबार दुबै जना मालदिभ्स घुम्न गए । तर अहिले बलिउडमा रणबीरलाइ छाडेर, कैटरिना एक्लै फर्कन लागेको कुराले हँगामा मच्चाएको छ ।द इण्डिया टाइम्समा अनुसार कैटरीनाले केही फिल्म निर्देशकलाइ सुटिङ्गको समय दिएकी थिइन् । त्यसको ख्यालनै नगरी उनी छुट्टी मनाउन गइन् ।
जब यो कुरा निर्देशकले थाहा पाए, उनीहरुले आफुहरुसँग गरको सम्झौता सम्झन आग्रह गरे । त्यसपछि कैटरीनाले रणबीरलाइ छाडेर फर्कने निर्णय गरेकी हुन् ।
भारतमा सुटिङ्ग सकेर उनि पुनः माल्दिभ्स फर्केर रणबीरका साथ रोमान्स गर्ने योजनाका साथ फर्कन लागेकी हुन् ।
Comments are closed.