रबिन्द्र अधिकारिको ५३ औं जन्मजयन्ती मनाइयो


पोखरा ,बैशाख २२,
ने क पा एमालेका नेता तत्कालीन संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री  दिबङ्गत रबिन्द्र अधिकारिको ५३औ जन्मजयन्तीको अबशरमा पोखरामा बिहिबार एक विशेष श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो ।
पोखरा महानगर वडा न १८ राष्ट्रिय बिभुती तथा सहिद पार्कमा रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
रबिन्द्रलाइ सम्झिदै ने क पा एमाले स्थायी कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख खगराज अधिकारिले उनि एक कुशल संगठक तथा बिकासका अभियन्ता भएको बताए।
उनले जस्ता सुकै कठिनाइमा पनि नहतारिइकन उत्कृष्ट निर्णय लिन सक्ने र बिचारको सहि प्रवाह गर्न सक्ने  नेताको रुपमा रबिन्द्रलाइ चित्रित गरे ।
एमालेका पोलिट्ब्युरो सदस्य जगत बि क ले सहकर्मीको रुपमा मात्रै नभएर एक कुशल नेताको रुपमा रबिन्द्र  स्थापित भएको अबस्थामा अल्पायुमै गुमाउनु पर्दा ठूलो क्षती भएको उल्लेख गरे।
रबिन्द्रकि धर्मपत्नी समेत रहेकी रबिन्द्र स्मृति प्रतिस्ठानका अध्यक्ष तथा एमाले केन्द्रिय सदस्य बिद्या भट्टराईले अधिकारीको नाउमा अक्षय कोष स्थापनाको काम शुरु भएको र त्यसबाट प्राप्त रकमबाट बर्सेनि विभिन्न क्षेत्रमा योगदान दिने ब्यक्तिहरुलाइ सम्मान गरिने उल्लेख गरिन ।उनले ” संसदमा रबिन्द्र ” नामक पुस्तक प्रकाशन उहाकै जन्मजयन्तिमा गर्ने लक्ष्य राखिए पनि स्थानिय तहको निर्बाचनका कारण स्थगित गर्नु परेकी र निर्बाचन लगत्तै सो काम शुरु हुने बताइन ।
ने क पा एमाले कास्किका नेता दामोदर बैरागी , प्रतिस्ठानका सचिब पुष्प ज्योति ढुंगाना ,प्राध्यापक डा भरतराज पहारी ,एमाले पोखराका मेयर पदका उम्मेदवार कृष्ण थापा लगायतले रबिन्द्रले राजनिती ,बिकास र समाज बिकासमा पुर्याएको योगदानको चर्चा गरेको थिए।
प्रतिस्ठानका अध्यक्ष बिद्या भट्टराईको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको थियो।

Comments are closed.