रमजान मुबारकको शुभकामना

लेखकःअहमदअली,SOS HGS Gandaki

रमजान
इस्लामीपात्रोको नवौं महिनाको नाम रमजान  हो । यस पवित्रमहिना भरी मुस्लिमधर्मावलम्बीहरू रोजा (इस्लामीउपवास) बस्ने गर्दछन् ।

अरू धर्म, सम्प्रदायतथा मेडिकल साइन्स द्वारा निर्देशितउपवास काप्रकारहरूउपवास मुस्लिमधर्मावलम्बी सँग मात्र सम्बन्धितनभई अरू थुप्रै धर्मावलम्बीतथा समुदायहरूमाप्रचलितछ।हो उपवास को प्रकारतथातरिका फरक फरक हुन सक्छ।जस्तै किजलउपवासमाजलबाहेक, फलफुलउपवासमाफलफुलबाहेक, आंशिकउपवासमानिश्चितखाने पिउने कुरा बाहेक तथाक्यालोरी उपवासमाथोरै क्यालेरी युक्तखाने कुरा बाहेक अरू केहीखाने पिउने गरिन्न । त्यसै गरेरअहिले इनटर्मिटेन्टउपवास एकदमै प्रचलितछजसमा एक निश्चितअन्तरालको लागि केहीनखाई नपिई बस्ने रअर्को निश्चितअन्तरालको लागिखाने पिउने गरिन्छ। इस्लामीउपवास पनि एक प्रकारको इन्टरमिटेन्टउपवास नै हो ।

इन्टरमिटेन्टउपवास (-Intermittent Fasting_)कालाभहरू
इन्टरमिटेन्टउपवासको बारेमा थुप्रै विश्वविद्यालयहरू द्वारा आयोजित अनुसन्धान बाट उपवासका थुप्रै फाइदाहरू थाहा पाइएको छ जस्तै कीः
 उपवासले इन्सुलिनप्रतिरोध क्षमता बढाई रक्त सुगर नियन्त्रण गर्नमा मद्दत गर्दछ।
 इन्फ्लामेसन सँग लड्नमा मद्दत गर्दछ।
 ब्लड प्रेशर, हानिकारक कोलेस्ट्रोल आदी नियन्त्रण गरी मुटु स्वस्थ बनाउँछ ।
 मस्तिष्कका कोषिका क्षय हुन बाट जोगाई मस्तिष्क स्वस्थ बनाउँछ।
 हाम्रो शारिरिक तौल नियन्त्रण गर्दछ।
 मेटाबोलिजमको प्रकृयामा सुधारआउँछ।
 हुमनग्रोथप्रोटीन को मात्रा बढाई शरिर स्वस्थ बनाउँछ।
 आयूमा वृद्धी गराउँछ।
 क्यान्सररोगको रोकथामगर्दछ।
 धुम्रपान जस्ता कुलतछोड्नमा मद्दत पुर्याउँदछ।
 शरीरको अनावश्यक बोसोको साथ साथमाशरिरकाहानिकारक टक्सीन हरु हटाउँदछ।
स्रोतः नेशनल सेन्टर फरबायोटेक्नोलोजी इन्फरमेसन्, यू.यस् नेशनललाइब्रेरी अफ मेडीसिन, बेथेस्डा यम. डी. ग्क्ब्द्वारा प्रकाशित ।

रोजÞा (इस्लामीउपवास)
इस्लाम धर्ममा प्रचलित उपवासलाई रोजा भन्ने गरिन्छ।बिहान मिरमिरेको समय देखीघाम न अस्ताए सम्मखान, पिउन तथा यौन सम्पर्क बाटआफुलाई रोकीराख्नु रोजÞाहो । कलिमा (आस्था), नमाजÞ, जÞकात, हÞजझैं रमजÞानमहिनाको रोजÞापनि इस्लामी शरीअÞतमाफर्जÞ (अनिवार्य) हो ।
तररोजाभने अल्लाहको प्रशन्नप्राप्तिकै लागिहो । कुनै सांसारिक लाभकालगिमात्रै उपवास बस्नु रोजा नै होइन ।
उपवास पनिहाम्रै भलाईको लागीहो । हाम्रो सृष्टिकर्ता अल्लाह त बेनियाज (स्वाधीन) हुनुहुन्छ।सारा मानिसहरूले पुण्य गरेको गरे गरेर पनिमहानअल्लाहलाई एक रत्ती पनिफाइदापुर्याउन सक्दैनन् । त्यसै गरेर साराका सारा मानिसहरू पापकर्ममा नै लीनभएपनि अल्लाहलाई कुनै घाटा पुर्याउन सक्दैनन् । यो रोजा त हाम्रो धर्मनिष्ठताको परिक्षाको लागि हो ।

रोजÞाले मानिस अवश्यपनि स्वस्थ हुनेछ!
इन्टरमिटेन्टउपवास (क्ष्लतभचmष्ततभलत ँबकतष्लन) कालाभहरूअनेक भएको कुरा छर्लङ्ग छ।रोजÞापनि एक प्रकारको इन्टरमिटेन्टउपवास नै हो ।तरकतिमानिसहरू यो भ्रममा हुन्छन् कीरोजÞा बसेर बिरामी भइन्छ, कमजोर भइन्छ।यो ठुलो भ्रमहो ।थुप्रै मानिसहरूले आफ्नो स्वास्थ्यरोजÞा पछी राम्रो भएको खबरदिई रहन्छन् ।
भ्रमितहरूले महान तत्वज्ञानी, सृष्टिका थालनी, परोक्ष ज्ञानी, मीठा बोली–वचनकाधनी हजरत मुहम्मदको महानकथनभुल्नु हुँदैन – “रोजÞा बस स्वस्थ हुनेछौ ।“

इस्लामी शरीअÞतमारोजÞाछोड्ने अनुमतिकुन–कुनअवस्थामा हुन्छ?
 नाबालकबच्चाहरूले (बाल्यकालमा) ।
 वृद्धावस्थामाजबकीज्यानै जाने डरहोस् ।
 गर्भवती वा दुध खुलाउने महिलालाई स्वयं आफु वा शिशुको ज्यानको खतरा भएमा ।
 बिरामीअवस्थामा वा कमजोरअवस्थामा जबकी ज्यानै जाने डरहोस् ।
 महिलाहरूको महिनावारी वा सुत्केरी अवस्थाको अपवित्रताकादिनहरूमा ।
नोटः तरबाल्यकालतथावृद्धावस्था (यस्तो वृद्धजसको फेरी बाटस्वास्थ्यलाभहुने सम्भावना नै छैन) बाहेककामाथीउल्लेखितबाध्यताहरू टरेपछी छुटेको जतिरोजÞा अरू दिनहरूमा पुरा गर्नु फर्जÞ (अनिवार्य) छ।

भोको प्यासो रह्नुमात्रै रोजा होइन!
खानु पिउनु जायजथियो रमजÞान आउनासाथ मनिसहरूले दिनभरी खानपिउन छोडीदिन्छन् जबकी जुनकार्यहरू रमजÞानभन्दा पहिलापनिहÞराम (वर्जित) थियो त्यो कसरी रमजÞानमाजायजहुन सक्ला? जस्तै कीनमाजÞ नपढ्नु, झुटो बोल्नु, गीबतगर्नु(अरूको कुरा काट्नु), चुग्लीगर्नु, क्रोध गर्नु, इर्ष्या गर्नु,जुवा खेल्नु, बदगुमानी (अरूको बारेमानकारात्मकशंकागर्नु), गालीगलोजगर्नु,बदनिगाही (परनारीलाई कुदृष्टीले हेर्नु), बुबाआमालाई सताउनु, अरूको चित्तदुखाउनु । यीकार्यहरू रमजÞानमा त झनझनहÞरामहुने भए ।
निराधारकाआधार, परोक्षकाजानकार, जाने इच्छा सबैलाई उनको द्वार, जसको शिक्षा परोपकार, जसको शिक्षा शिष्टाचारर सदाचार, जसले निषेध गर्नुभयो व्यभिचार, जसको आगमनले समाप्तभयो अत्याचार, हामीमाथी कृपाछउनको अपारअर्थात प्यारा नबीहजरत मुहम्मदको फरमानको आशयछकीजसले खराब कुरा बोल्न रकुकर्म गर्न छोड्दैन, ऊ भोको प्यासो रह्नु व्यर्थै हुन्छ।त्यसकारणले खानपिउनछोड्नु मात्रै रोजÞाहोइन बरू हामीले हाम्रो शरीरको प्रत्येक अंग जस्तै आँखा, मुख, कान, हाथ, खुट्टाआदीलाई पनिगुनाह(पापकर्म) बाट जोगाई असलकार्य तिरउन्मुखगर्नुपर्दछ।यहीवास्तविक रोजाहो ।

रोजÞा बस्नुको महत्व –इस्लामी धर्म ग्रन्थकÞुर्आनतथाहÞदीषहरूमारोजÞाको अनेक महत्व उल्लेखितछन् । यस रोजाले मानिसलाई शारिरिक रूपमा मात्रनभइ आध्यात्मिक रूपमा पनि स्वस्थ बनाउँदछ।यस पवित्र महिनाको प्रत्येक समय रहÞमतले भरिएको छ।यस महिनामा गरिने कुनै नफ्लकर्म को पुण्य फर्जÞ कर्मको पुण्य बराबरतथाफर्जÞ कर्मको पुण्य सत्तरी गुणा बढी प्रदानगरिन्छ।महानअल्लाहको यो पवित्र फरमानछः “रोजÞा मेरो लागिहो रयसको इनाम म दिन्छु ।“(हÞदीषे कÞुद्सी)
एक हदिष अनुसार रोजÞादारको लागिखोलाका माछाहरूले इफ्तार(उपवास समाप्ति) सम्ममग्फिरतकालागिप्रार्थनागरिरहन्छन् ।
यस महिनाको पहिलो दस दिनरहÞमत, दोस्रो दस दिनमग्फिरत तथाअन्तिम दस दिनजहन्नम (नर्क) बाटमुक्तिहो । रमजÞानमा एक दिनरोजÞा बस्नु अरू महिनाको एक हजारदिनको (नफ्ली) रोजÞाभन्दापनि बेश हो तथा यस महिनामा एक रक्अतनमाजÞ पढ्नु अरु महिनामा एक हजाररक्आत पढ्नु भन्दापनि बेशहो ।

रोजÞाटुट्ने (उपवास भंगहुने) क्रियाकलापहरू –
 आफु रोजÞाको हालतमाभएको यादहुँदाहुँदै जानाजानकुनै पनिचिजखानपिनगर्नाले वा यौन सम्पर्क गर्नाले ।
 सुर्ति, खैनी, पान, गुट्का, चुरोटआदी सेवनगर्नाले ।
 आँखामाऔषधीवाड्रप लगाएमा ।
 भिक्स,औषधीवाइन्हेलरनाकभित्रलगाएमावा सुँघेमा।

रोजÞा नटुट्ने (उपवास भंगनहुने वारोजÞाको हालतमा पनि गर्न मिल्ने) क्रियाकलापहरू –
 रोजा बसेको यादनआई भुलेर खानपिन गर्नाले वा यौन सम्पर्क गर्नाले ।
 आफैजति सुकै मात्रामा उल्टी आएपनि ।
 थुकवाखकारमुखमाआएरनिलिदिएमा ।
 कानको पर्दाठीक ठाक भएको मानिसले कानमा पानि वा औषधीहालेमा ।
 टाउको, अनुहार, नाकको बाहिरी भागवा पूरै शरिरमा नै तेल, बाम, लोसन वाक्रिम लगाएमा ।
 अÞतÞ्तर लगाएमा, फुलको बासना सुँघेमा, ओंठमा चिपिस्टिक लगाएमा ।
 आमाले शिशुलाई दुध खुलाएमा ।

प्रार्थनाःहे अल्लाह, हे सारा जगतकापालनहार, हे सम्पुर्ण ब्रहमाण्डका सृष्टीकर्ता पवित्ररमजानमहिनाको नाममा बिन्ती हामी सबैलाई सद्बुद्धीप्रदान गर, हाम्रा सम्पुर्ण कोरोना ग्रस्त बिरामीहरूलाई तथा अन्य बिरामीहरूलाई स्वास्थ्यलाभप्रदान गर । यस पवित्रमहिनारमजानमातिम्रो प्रशन्न प्राप्तिका लागी रोजा बस्नमा हामीलाई मद्दत प्रदान गर । जो जहाँजुन समस्यामा छन् उनीहरुलाई उनिहरुको समस्या बाट मुक्ति प्रदान गर । हाम्रो देश नेपालको सदैव उन्नति होस् । सयौं थुंगाफुलका हामी एउटै माला नेपाली भनिएझैं हामी सबैलाई एक भई एक अर्काका दुख सुख मा साथदिने वाला बनाऊ । यस कोरोना महामारीबाट यस सम्पुर्ण पृथ्वीलाई नै मुक्तिप्रदान गर । आमीन् ।

महत्वपुर्ण नोट –कोरोनाभाइरस महामारीको समयमा नेपाल सरकार बाटजारी निर्देशनको पालना गरी रहनुहोला । आफ्नो स्वास्थ्यको ख्यालराखी सुरक्षाका साधनहरू जस्तै साबुनपानीले हातधुनु, मास्क, स्यानीटाइजर आदीको प्रयोग नियमित रुपमा गर्नुहोला ।

 

 

 

 

Comments are closed.