घर परिवारका केटाकेटीहरु हिजोआज साह्रै बाठा भएका छन् । आमा एक्लै हुँदा तिनलाई आमाले “तिमीलाई सबै भन्दा बढि माया कस्को लाग्छ भन त बाबु” भनेर सोध्दा झटपट तिनले “आमाको” भन्ने जवाफ दिएर आमालाई मख्ख बनाउँछन् ।
त्यस्तै प्रकारले आमा नभएको समयमा बाबुले उस्तै प्रश्न गरेर “भन त बाबु तिमीलाई कस्को धेरै माया लाग्छ” भन्दा हिजो आजका बाठा केटाकेटीले एकैसासमा “तपाईको” अर्थात् बाबाको माया लाग्ने भन्न भ्याउँछन् ।
आमा, बाबा जो अगाडी देख्यो उसैलाई रिझाउन र मख्ख पार्न तिनले जानको छन् । यस्तै यस्तै काम अहिले हाम्रा देशका नेताहरुले पनि गर्न थालेको पाईन्छ ।
हिजोआज ति नेताहरुले पनि कहिले फलानो दलको फलानो त सकारात्मक मान्छे हो । त्यो राम्रो छ तर त्यै दलको दोस्रो चाहिले गर्दा सहमति भएन भन्ने । र फेरि एकदुई दिन पछाडी होइन दोस्रो नेता राम्रो र सकारात्मक भएको पाइयो तेस्रो नै खराब भन्ने गरेका छन् ।
केटाकेटी त बाठा भए भए हाम्रा नेताहरु पनि तिनीहरु भन्दा बाठा भएका हुन जस्तो छ है ।
Comments are closed.