यो जनता भन्ने जीव पनि बडो गज्जबको रहेछ । जनता भनेको जुन राजनीतिक दल र जुनसुकै नेताले आफ्नै विर्ता ठान्ने वस्तु परेछ । त्यसैले त सबै काम सबैले जनताकै नाममा गर्दछन् । कहिलेकाहीँ झोंक चलेको बेला तिनै नेताले जनतालाई जन्तु पनि भनिदिन्छन् । एक पटक स्व. गणेशमान सिंहले काठमाडौंका जनतालाई जन्तु भनिदिए । यो झोंकका बेलामा भनेको कुरा हो । नत्र भने नेताहरुका लागि जनता र फुटबल खेलाडीका लागि फुटबल उस्तै उस्तै वस्तु रहेछन् । हात्तिछाप चप्पल र हात्ति जस्तै । किनकी फुटबललाई खेलाडीले सधैं विपक्षीहरुको विरुद्ध गोल गर्न उसको गोलपोष्टमा छिराउने गर्दछन् । सधैं बल विपक्षीकै कोर्टतर्फ पेल्छन् । बल मेरो हो भन्दै विपक्षी टिमतर्फ निरन्तर प्रहार गर्दछन् । राजनीति दलका नेता पनि जनतालाई त्यस्तै फुटबल सम्झंदा रहेछन् । खेलाडीले सधैं बल विपक्षीतर्फ पेले जसरी जनतालाई विपक्षीविरुद्ध प्रयोग गर्ने ? विपक्षी विरुद्ध गोल गर्ने । खेल र राजनीतिमा फरक चाहिँ कति रहेछ भने राजनीति दल भने धेरै आत्मघाती गोल गर्न पछि नपर्ने । जनता र फुटबल उस्तै उस्तै ।
Comments are closed.