होइन, आज भोलीका केटीहरुलाई के हुन लागेको हो यस्तो ? यिनीहरुले त अचाक्ली गर्न लागे । मनपरिको पनि हद हुन्छ नी । जे मन लाग्यो त्यै (JPT) पनि गर्न पाईन्छ र भन्या ?
यिनलाई आफ्नो लाज ढाक्न हाम्रो राष्ट्रिय झण्डा भए लामो स्कट लगाउन बनाएर लगाउन पनि हुने ? लामो स्कट पनि मनपर्ने । डिजाइनदार हुने । आधुनिक फेसन हुने । मानेडल हुने । सुहाएको हुने । स्मार्ट देखिने । तर राष्ट्रिय झण्डाको स्कट लगाउन नपाए तिनले स्कट पनि एक बित्ताको लगाएर हिँड्ने ? यस्तो अन्याय र अत्याचार पनि हुन्छ ?
राष्ट्रिय झण्डाले लाज ढाक्न पाए जत्रो लामो स्कट भएपनि डिजाइनदार हुने नभए त्यो लगाउन नपाउँदा भने आफ्नो स्कर्ट सानो, झन् सानो, झन् सानो बनाउँदा बनाउँदा खत्तम बनाईसेकका छन् ।
त्यसैले तिनका कलेज र प्लस टुले “Three M” निषेध गर्नुपर्ने अवस्था आएको छ । यस्तो पनि हुन्छ । दुःख दिनुको पनि एउटा हद हुन्छ नि ।
Comments are closed.