पोखरा, वैशाख ४ गते ।
साहित्यकार डा. रवीन्द्र समीरको आठौँ लघुकथा सङ्ग्रह एकलव्य दृष्टि सार्वजनिक भएको छ । यसअघि तेश्रो आँखा, पोस्टमार्टम, विकिरण, ईश्वरका कथा, अर्जुन दृष्टि, अणु र पहाड तथा व्यङ्ग्यम् शरणम् गच्छामि लघुकथासङ्ग्रह तथा चाँदीको घेरा मुक्तकसङ्ग्रह र ग्रेटवालको ग्रेट अनुभूति नियात्रा सङ्ग्रह बजारमा ल्याईसकेको समीरले नवौं कृतिका रुपमा एकलव्य दृष्टि बजारमा ल्याएका हुन् ।
एकलव्य दृष्टिमा ८२ वटा लघुकथा समेटिएको छ । वर्तमान समाजमा रहेका राजनैतिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा व्यक्तिगत विकृति, विसंगति एवम् द्वैध चरित्रलाई व्यङग्यात्मक रुपमा तिव्र प्रहार गर्न खोजिएको कथाकार समीरले बताए ।
कृतिका बारेमा चर्चित कलाकार हरिवंश आर्चायले डा. समीरका लघुकथाहरुको आफु पहिलेदेखि नै प्रशंसक रहेको र तीन घण्टामा हेर्ने सिनेमाको सन्देश ‘एकलव्य दृष्टि’को एउटा लघुकथाले एक मिनेटमै दिन सक्ने बताए ।
पूर्व एनआरएन अध्यक्ष तथा लेखक जीवा लामिछानेले हाम्रा समाजको प्रतिबिम्ब पाइने हुनाले समीरका लघुकथा उत्कृष्ट बताए ।
लेखक अमर न्यौपानेले एकलव्य दृष्टिमा बिरामीको संवेदना र डाक्टरको साहित्यिक हृदयको सम्बन्धबाट जन्मिएको कृति भएको बताए ।
Comments are closed.