राखेप सदस्य श्रेष्ठ र पदक विजेता खेलाडीलाई सम्मान

खेलाडीले खेलेर बाँच्ने अवस्था सृजना गर्नुपर्छः सल्लाहकार नेपाली

पोखरा २२ भदौ । राष्टिय खेलकुद परिषद्कका नबनियुत्त सदस्य सम्पन्न श्रेष्ठलाई बधाई  र  प्रथम राष्ट्रिय भर्चुअल सेल्फ डिफेन्स च्याम्पियन (२०७७मा पदक बिजेता खेलाडीलाई सम्मान गरिएको छ ।नुवाकोट जिल्ला मार्शल आर्ट संघले आयोजना गरेको च्याम्पियनशिपमा कास्कीबाट सहभागी कृतिका गिरी र अन्जना परियारले कास्य पदक जितेका थिए ।

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बाका राजनितिक सल्लाहकार गोबिन्द नेपाली, हाप्किडो संघ गण्डकी प्रदेश उपाध्यक्ष तारा माया थापा मगर, खेदकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की अध्यक्ष दिपकबहादुर गोदारले राखेप सदस्य श्रेष्ठ र खेलाडी गिरी र परियारलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गर्नुभयो ।


सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्रीका सल्लाहकार नेपालीले खेलाडीले खेलेरै बाच्न सक्ने अवस्था सृजना गर्नुपर्ने बताउनु भयो ।उहाँले प्रदेश सरकारले खेलाडीलाई खेलेरै जिवनयापन गर्नसक्ने वातावरण सृजना गर्नेगरि नीति तथा योजना निर्माणमा केन्द्रीत रहेको बताए ।उहाँले सफला प्राप्त गर्न लगाब, ईमानदारीता र निरन्तरता हुनुपर्ने बताउनु भयो । खेललाई जिवनसंग जोडनुपर्ने र त्यस्तो हुननसके विस्थापित तथा पलायनको अव्यवस्था आउने बताउनु भयो ।

नवनियुक्त बोर्ड सदस्य सम्पन्न श्रेष्ठले २२ बर्ष खेलाडीका रुपमा खेल्दै अहिले यो स्थान सम्म आएको स्मरण गदै खेलकुद क्षेत्रको बिकास खेलाडीको पक्षमा काम गर्ने बताउनुभयो ।मलाई खेलाडीको मर्म, भावना र पीडा आत्मसाथ गरेको बताउनुभयो । हाप्किडो संघका गण्डकी प्रदेश उपाध्यक्ष तारामाया थापामगरले मार्सल आर्टलाई सरकारले विभेद गरेको बताउदै हाप्किडो खेल मार्सल आटको एउटा बिधा भएको बताउनुभयो ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीले खेलकुदमा गफ भन्दा काम गर्ने नेतृत्वको आश्यकता रहेको बताउदै खेल पदाधिकारीले खेलकुद र खेलाडीको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की अध्यक्ष दिपकबहादुर गोदारले खेलाडीहरुलाई चाहिने पुर्वाधार र प्रशिक्षमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम कास्की जिल्ला हाप्किडो संघका अध्यक्ष मदन जिसीको अध्यक्षतामा भएको थियोे भने सञ्चालन सचिव रविन गुरुङले गर्नुभएको थियो ।

Comments are closed.