काठमाडौं, १२ चैत । वसन्तपुरमा भएको एसिड काण्ड सेलाउन नपाउँदै राजधानीको ललितपुर स्थित मंगलबजारमा युवतीमाथि एसिड आक्रमण भएको छ । घटनालगत्तै प्रहरीले एसिड आक्रमणकारीलाई पक्राउ गरेको छ ।
प्रहरीले घटनाको विहीबार पुष्टि गरेको छ । प्रेम प्रस्ताव अस्वीकार गरेको बदलामा एसिड छर्किएर आक्रमण गर्ने अभियुक्त अनुप रानालाई फागुन १० गते पक्राउ गरिएको प्रहरी अपराध महाशाखाका एसएसपी पुस्कर कार्कीले जानकारी दिए । अभियुक्त रानालाई प्रहरीले फक्राउ गरेपछि राजधानीमा अर्को एसिड घटना सार्वजनिक भएको हो । अभियुक्त रानाले मंगलबजारको कृष्ण मन्दिर परिसरमा गत माघ ८ गते साँझ २२ वर्षकी अन्जना तण्डुकारमाथि एसिड फालेका थिए ।
प्रहरीका अनुसार एसिड आक्रमणबाट तण्डुकारको निधार र दायाँ गालामा असर परेको छ । घटना लगत्तै अन्जनालाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । एसिड फाल्ने अभियुक्त रानाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दार्ता गरिएको छ । यसअघि फागुन १० गते बसन्तपुरमा ट्युसन पढ्न गएका दुई किशोरीमाथि एसिड आक्रमण भएको थियो ।
Comments are closed.