राजधानी बाहिर बसेर पनि काेर्न सकिन्छ सुनाैलाे नाम

1607066_704470566271149_998540858_nभनिन्छ मान्छे जन्मँदै एउटा न एउटा खुबी वा कला लिएर जन्मन्छ । हरेक मानिसका आ–आफ्ना सोंच र भावि योजनाहरु हुृन्छन् । कोही बैङकर हुन चाहन्छन्, कोही शिक्षक, कोही रङगंकर्मी त कोही संचारकर्मी । धेरै यस्तै यस्तै धेरै विधामा लागिरहेका छन् । यहि र यस्तै प्रतिभा मध्यको कलाकारिताको राजमार्गमा बामे सर्दै गरेका एक प्रतिभा हुन् नविन तिमिल्सिना । पोखरामा बसेर कलाकारितामा पकड बनाउने होडमा छन् नविन । कास्की हेमजामा जन्मिएर पृथ्बीनारायण क्याम्पस पोखरामा व्यवस्थापन संकायबाट स्नातक गरेका नविन नेपाली फिल्म उद्योगका एक सम्भाबना बोकेका कलाकार हुन् । यो क्षेत्रमा कति आए, कति गए । कति यही क्षेत्रमा चम्कीरहेका छन् भने धेरै यही यात्रामा जम्नका लागि दौडिरहेका छन् । तीन दर्जनभन्दा बढी म्यूजिक भिडियो र दुई चलचित्रमा अभिनय गरिसकेका नविनसँग दृढ संकल्प छ यही क्षेत्रमा रम्ने र केही गर्ने । नविनद्वारा अभिनित चलचित्र ‘सुनपानी’ अहिले प्रदर्शनमा छ भने ‘इन्डिङ स्टोरी’ नामक चलचित्र प्रदर्शनको तयारीमा छ । कलाकारिताको राजमार्गबाट उनी गन्तव्य पुग्न सक्लान या यात्रा मै हराउलान् त्यो त समयले देखाउला तर, उनमा भएको आँट र उर्जाले संभावनाको भने उजागर गर्छ । कलाकारिताको म्याराथुन दौड सुरु गरेका उनै नविनको कलाकारिताको यात्रा र उनले यही क्षेत्रमा देखेका सपनाका बिषयमा पाेखरा हटलाइनका  लागि शारदा भण्डारीले गरेको कुराकानी ।

तपार्इंको रहर हो या केही गर्न सक्छु भन्ने संकल्प हो ?
– हो सजिलो छैन अनी अर्को कुरा डरको अगाडी जीत पनी त छ होइन र ? म केही गर्छु भनेर नै नेपाली फिल्म उद्योगमा आएको हूँ । यो मेरो रहर मात्र होइन यो मेरो संकल्प पनि हो । चलचित्रका माध्यमबाट समाजमा चेतना प्रदान गर्ने खालका काम गर्नेछु नविन सघर्ष गर्छ र गरीरहनेछ । मलाई बिश्वास छ नविन एक नविन भएर उभिने छ यो क्षेत्रमा ।
कलाकारिता हिजो जस्तो छैन । अहिलेका दर्शक स्रोताले जसलाई मन पराउँछन् त्यो चल्छ । के के गर्न सक्छु जस्तो लाग्छ तपाइँलाई ?
दर्शकको माग अनुसारको अभिनय गर्ने मेरो पनि सोंच हो । अहिलेका दर्शक धेरै कुरामा जानकारी राख्ने र सचेत छन् । उनीहरुलाई झक्याउन सजिलो छैन । राम्रो नराम्रो दर्शक आफैं छुट्याउँछन् । पहिले आफ्नो मन जित्नुपर्‍यो राम्रो गर्न सक्छु भन्ने र त्यसपछि दर्शकको माग र चाहनालाई जित्नुपर्छ । दर्शकले मौलिकता मन पराउछ । मैले त्यही गर्न सक्छु भन्ने ममा आँट छ ।
रहरले कलाकारितामा आउने तर बिच बाटोमै अलमलिने र पलायन हुने धेरै छन् । तपाईलाई यो यात्रा पुरा गर्न सक्छु जस्तो लाग्छ ?
– पुरा गर्न सक्दिन भनेर सुरुमै डराउने हो भने यात्रा नै गर्न सकिँदैन । आधारशिविरमा नपुगिकन जसरी हिमाल चड्न सकिँदैन त्यसरी नै कुनै प्रयास नगरि सफल भईँदैन । धेरै छन् यस क्षेत्रबाट पलायन हुने र यात्रा पुरा गर्न नसक्ने । हामीले हेर्ने यात्रा विचमै छोड्नेलाई होइन सफलता पाउनेलाई हो । राम्रो गर्नेलाई हेर्ने हो । असफल हुनेलाई हरेर चल्न लागियो भन्ने पक्का सफलतामा पुग्न सकिँदैन । हरेक काममा अाँट चाहिन्छ, धैय संकल्प चाहिन्छ । काम गरे जस्तो काम पनि पुरा गर्न सकिन्छ भन्ने आँट छ हेरौं कतिसम्म सफल भईन्छ ।
यो क्षेत्रमा भोली नविन एउटा नमेटिने नाम बन्ला त्यो समयले देखाउला । यो यात्राको थालनी चाँही कसरी गर्नु भो ?
– म सानैदेखि अभिनय मन पराउँथे । अभिनय गर्थे, सिक्थें, खोज्थें, हेर्थे । यही क्रममा म सानो उमेरबाट अभिनयमा लागेको मान्छे नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिश्रृखला ‘सुनौलो संसार’बाट अभिनय यात्रा सुरु गरें र त्यो यात्रालाई निरन्तरता दिएर अर्को टेलिचलचित्र किसान र तिन दजर्न भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्दै आज चलचित्रको नायकको भूमिका समेत निर्वाह गरेको छु । यहाँसम्म आउन मलाई सबैको साथ र सहयोग मिलेको छ ।
मोफसल हुन्छ हुँदैन भन्ने बहस एकातिर चलिरहेकै छ । तपाईलाई कस्तो लाग्छ राजधानी बाहिर बसेर यो क्षेत्रमा जम्न सजिलो छ ?
– राजधानी बाहिर बसेर चल्न सकीन्छ भनेर अब हामी मोफफसलमा दुःख गरेका कलाकारले देखाउने हो । अहिलेसम्म सबैको मान्यता राजधानी केन्द्रीत हुनुपर्छ भन्ने छ । अब यो मान्यतालाई तोड्नुपर्छ र राजधानीमा मात्रै होइन बाहिर बसेर पनि प्रतिभा भए सफलता हासिल गर्न सकीन्छ भन्ने चेतनाको विकास गर्नका लागि नै हामीले मोफसलबाट कलाकारिता गरिरहेका छौं । त्याग, तपस्या, आँट र अठोठ भए जहाँ बसेर भएपनि जम्न र चिनिन सकिन्छ यसमा दुईमत छैन ।gs
अहिलेसम्मको यात्राले नविन तिमिल्सीनालाई नविन कलाकार बनाएको छ । के छ आजसम्म आइपुग्दा म्यूजिक भिडियो र ठूलो पर्दामा अभिनय गर्दाका अनुभवहरु ?
– अनुभवको कुरा गर्नु पर्दा सुरुका सबै कामहरु एउटा अविश्मरणीय रहे । काम गर्दा सहपाठीसँग घुलमील हुने साथै अग्रज कलाकारको सहयोग र प्रेरणा प्राप्त भयो । अभिनय यात्रामा म साहाकारी मान्छे । अब ‘सुनपानी’कै उदाहरणमा मासु खानुपर्ने अति असहज महसुस भयो अव म त्यो क्षण कहिल्यै बिर्सन सक्दिन । गाह्रो त अवश्य छ तर एउटै विस्तारामा सुतेपछि लात्ती त लागी हाल्छ नी हैन र ?
दुई चलचित्रमा अभिनय गरिसक्नुभयो, के लाग्यो दर्शकलाई के चाँहिदो रहेछ ? के खोजिरहेछन् दर्शक ?
– मैले के बुझे भन्दा अहिलेका दर्शकले यर्थाथ र मौलिकता मन पराउनुहँुदो रहेछ । यो कुरा ‘सुनपानी’ले पुष्टी गरेको छ । पोखरामा सुनपानी दोस्रो हप्तासम्म पनि अत्यन्तै दर्शकको उल्लासमय उपस्थिति छ र सत प्रतिशत दर्शकले रााम्रो भएको अनुभव व्यत गरेका छन् । उहाँहरुको सन्तुष्टी नै हाम्रो या मेरो सफलता हो । दर्शक फरक किसिमका हुन्छन् तर हामी चलचित्रकर्मीहरुले आफ्नो मौलिकता झल्कने खालका चलचित्र बनाउन सक्योे भने दर्शक अवश्य नेपाली सिनेमा हलसम्म अवश्य तानिने छन् । हामी हाम्रो गाउँघरमा घटेका घटनाहरु बिषय बस्तु बनाएर काम ग¥यौं भने अवश्य पनि नेपाली चलचित्र उद्योगले सफलता हाँसिल गर्न सक्छ ।
अहिले आफैंले आर्थिक लगानी गर्ने र कलाकार बन्ने होडबाजी पनि छ । विक्ने कलाकार बन्न त गाह्रो पो छ है ?
– कलाकार बिक्ने हुनका लागि गाह्रै छ । धेरै मेहनत र परिश्रमले गरेको जिवन्त अभिनयले मात्र कलाकारलाई चिनाउँछ । कलाकारको परिचय कलाकारीता हो । तर म केही गर्छु र म सगँ क्षमता छ भने मैले लगानी गरेर चलचीत्र खेल्नुपर्ने अवस्था देख्दिन किनकी अझसम्म पनि यो समाजमा खुट्टा तान्ने मात्र नभई राम्रोकाम र प्रतिभाको जतन र सम्मान गर्ने व्यतिmहरु पनि छन् म यो क्षेत्रमा सन्तुष्ट छु । काम पनि पाइरहेकै छु ।
भावी योजना के छन् त ?
– ‘सुनपानी’ले मलाई अझै धेरै जिम्मेवारी थपेको छ अझ राम्रा चलचित्र ल्याएर दर्शकलाई मनोरञ्जन मात्र नभएर सन्देश पनि दिने काम गर्नेछु । मेरो अभिनयमा अझै निखारता ल्याउने छु । यही क्षेत्रमा भविष्य बनाउने छु । नविन एक नविन भएर उभिने छ यो क्षेत्रमा । यो मेरो प्रतिवद्धता अठोट पनि हो ।
अन्य केही छ ?
– ‘सुनपानी’ हेरेर साथ दिनुभएका सबै दर्शकलाई धेरै धन्यबाद र हेर्न नभ्याउनुभएका दर्शकले पनि एकपटक हेर्न आग्रह गर्दछु । पोखरा अनि पोखरेलीलाई हजुरको आगनमा उम्रको यो सानो मुनालाई हुर्कन मद्दत गरिदिनु होला । म तपाईहरुकै छोरा, तपाईहरुकै भाइ, तपाईहरुकै दाइ, तपाईहरुकै मान्छे हुँ । म पोखरा र पोखरेलीका लागि केही गर्छु भनेर लागेको छु । तपाईहरुको प्रोत्साहनले मलाई उर्जा मिल्छ । साथै मेरो अर्को चलचित्र ‘इन्डिङ स्टोरी’ पनि छिट्टै नै आउने तयारीमा छ माया गरीदिनुहोला । नेपाली चलचित्रलाई माया गरिदिनुहोला ।

 

Comments are closed.