राजनीतिक ब्याङ्ग्य कथाः फैसला

एकादेशमा दुईजना बुढाबुढी थिए । उनिहरुको सन्तानको रुपमा एउटा छोराको जन्म भयो । उनिहरुले आफ्नो छोराको नाम राम राख्ने निर्णय गरे । पल्लोघरको छिमेकिले पनि आफ्नो छोराको नाम पहिलेनै राम राखेका थिए । समाजमा वल्लोपल्लो घर भएका दुबैका छोराहरुको नाम एउटै राम हुन पुग्यो। छिमेकमा दैनिक क्रियाकलाप गर्न देखि लिएर उनिहरुलाई बोलाउन होस् या अन्य कुनै पनि कुरामा होस् एउटै नाम राम राम नै भनेर बोलाउँदा ठूलो समस्या खडा हुने देखियो । त्यसैले त्यो पल्लाघरे छिमेकिले उक्त बच्चाको नाम राख्ने पन्डितलाई उक्त बच्चाको लागि अर्को नाम जुराउन अनुरोध गरे । तर पन्डितले त्यती चासो राखेनन् । नाम मात्र एउटै हुँदैमा के हुन्छ र ? यही सोचे ।
भबिस्यमा खासै समस्या नपर्ने ठानी त्यो बालकको नाम पनि उसका अभिभाबकको सल्लाह र अनुरोधमा राम नै राखिदिने निर्णय बाट पण्डित पछि हटेनन् । अब छिमेकमा दुई जना राम भए । आफ्नो छोराको नाम सँग छिमेकिको नयाँ सन्तानको नाम पनि एउटै मिल्न गएकोले उसलाई तनाब हुन थालेको थियो। वल्लोपल्लो घर, एउटै धारो, एउटै गौंडो, सबै चिज एउटै, सबथोक एकै साथ गर्नुपर्ने अवस्था हुनेवाला थियो । कुनै काम पर्दा एउटालाई बोलाउँदा अर्को आउने, अर्कोलाई बोलाँउदा अर्को आउने हुन सक्थ्यो । भबिस्यमा आउने झनझटहरु अहिलेनै उसको मस्तिस्कमा झलझल्ती आउन थालेका थिए । त्यसैले भबिस्यमा यस्तो झनझट नआओस्, दुबै पक्षले आनन्द सँग आफ्नो आफ्नो गरी खान पाउँ भन्दै उसले गाउँको मुखियाकोमा गै सबै समस्या सुल्झाउने निर्णय गर्यो । भोली पल्ट आफ्नो समस्याको भारी लिएर गाउँको मुखियाकोमा गयो। उसले मुखियालाई सबै कुराको बेलिबिस्तार सुनायो । मुखियाले पनि लामो समय लगाएर यो बिषयमा धेरै अध्ययन र चिन्तन मनन् गरे । अन्ततः निर्णय सुनाउने दिन पनि आयो । मुखियाले नयाँ बच्चाको नाम राम नराखी अन्य कुनै नामबाट सम्बोधन गरी दैनिक क्रियाकलाप अगाडि बढाउने सल्लाहा दिनुको सट्टा यसरि फैसला सुनाए, “छिमेकीकोमा पहिले नै एउटा राम भएकोले तपाईंहरुले सोही नाम भएको अर्को राम जन्माउन पाउनुहुन्न, जन्माउने भए राम होइन अर्को सन्तान जन्माउनुहोस् र यदि जन्माउनु हुने होइन भने दुबै जना पहिलाकै (अविवाहित) अवस्थामा फर्कन यो गाउँको मुखियाको तर्फबाट आदेश दिन्छु । र रामलाई जन्माउनको लागि तपाईं दुई श्रीमान श्रीमती बिचमा भएका ति सहबाशहरुलाई पनि बदर गरिदिन्छु । तपाईंहरु दुबै जना आज देखि कुमार कुमारी नै हुनुहुन्छ।” भन्दै दुबैका अगाडि उक्त पछि जन्मेको रामलाई मारिदिए । लेखक ःविरु रिजाल (हाल–अष्ट्रेलिया )

 

Comments are closed.