राजमो सांसद शाही माथी अस्पताल पुगेपछि षडयन्त्र भयो ः शंकर बराल (राजमो ,गण्डकी प्रदेश अध्यक्ष )

पोखरा १७ बैशाख ःगण्डकी प्रदेशसभामा वुधबार पृथ्वीसुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्ताबमाथि मतदानको तयारी भइरहेको बेला एक्कासी अनुपस्थित राजमो सांसद खिमबिक्रम शाही माथी अस्पताल पुगेपछिबाट मात्र षडयन्त्रको सुरुवात भएको राजमोका केन्दि«य उपाध्यक्ष शंकर बरालले बताएका छन् । शुक्रबार पोखरा हटलाइन राष्ट्रिय दैनिकसँगको कुराकानीको क्रममा उनले सो कुरा बताएका हुन् । सांसद शाहीको अपहरण नै हो अथवा उहाँको स्वास्थ्यमा समस्या उत्पन्न भएरै संसदमा अनुृपस्थित हुनुभएको हो भन्ने प्रश्नको जवाफमा उहाँले सांसद शाहीलाई कोभिड १९ नभई पेट र शरिर दुख्ने समस्या भई घरमा आराम गरेको ,मतदानको बेला यातायातको साधन पठाउनु म आउँछु भनेर फोनबाट जानकारी गराउनु भएको , तर उहाँको मोबाइन स्विच अफ भएपछि कुनै करकापमा पारियो की भन्ने आशंकाका आधारमा उहाँको खोजी गरिएको बताएका छन् । शाही एक्कासी स्वास्थ्यमा समस्या आएपछि आफन्तको सहयोगमा अस्पताल पुग्नुभएको रहेछ तर अस्पताल पुगेपछि कोभिड १९ को रिर्पोट,फोन स्विच अफ, लगायतका कुरालाई अध्यन गर्दा उहाँमाथी अस्पताल परिसर भित्रबाटनै षडयन्त्रको सुरुवात भएको हुन सक्ने आशंका जन्माएको पनि बरालले स्पष्ट पारेका छन् । उहाँमाथि केहीकुराको दबाब भएर होकी भन्ने प्रश्नको जवाफमा उनले शाहीले अहिले आँफु निको भएपछि सबै कुरा बताउने तथा पार्टीको निर्णय भन्दा बाहिर नजाने विज्ञप्तीबाट भनेको बाहेक अरुकुरा आँफुसँग हुननसकेको बताएका छन् । उनले कुराकानीको क्रममा अहिलेको संसदिय व्यवस्थामा यस्ता क्रियाकलाप हुनु स्वभाविक बताउँदै जनताले नैतिकता प्रति साँचो विश्वास गरेको पाटी राजमोले अहिलेको यो प्रकरणले राजमो प्रति गरेको आशंकालाई आगामी दिनमा राजमोको व्यबहारले नै गलत सावित गर्ने बताएका छन् । साथै उनले अहिलेको अवस्थामा पार्टीको निर्णय बमोजिमनै संसद चलेपछि सांसद शाहि अविश्वासको प्रस्ताबको पक्षमा मतदान दिन आउने बताएका छन् एवंम पाटी एकढिक्का भएर लोकतन्त्रमा आएको खतरा विरुद्ध लाग्ने बताउँदै उनले छिट्टै प्रदेशसभाका सभामुखलाई वैठक बोलाउन आफ्नो पाटीले आव्हान गर्ने तयारी भएको पनि जनाएका छन् ।

Comments are closed.