राजु तिमिल्सिनाको प्रतिवद्धता , बाख्रा पालन व्यवसायमा अनुदान

पोखरा ,

पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षको उम्मेदवार राजु शर्मा तिमिल्सिनाले जनताको जनातको जिवन स्तर सुधारको लागि आफुले बाख्रा पालन व्यवसायमा विशेष अनुदानको व्यवस्था गर्ने घोषण गरेको छन् ।

तिमिल्सिनाले पोखरा बाख्रा पालन व्यवसायमा लागेका र १ देखी २० वटा सम्म पल्नेलाई प्रतिबाख्रा १ हजारको दरले प्रत्येक वर्ष अनुदानको व्यवस्था गर्ने बताएका छन् । २० भन्दा बढि बाख्रा पाल्नेलाई २० हजार रुपैयाँ अनुदान दिने बताएका छन् ।

राजुले यस भन्दा अघि नै वडामा निर्वाचित भएपछी सरकारी सेवा सुबिधा बापत पाएको रकम सामाजिक सेवामा खर्च गर्ने बताएका दिए ।

पोखरा १८ को विभिन्न बस्तीमा बिजुली जडान गर्ने, घर घरमा धारा जाडान गर्ने लगायतका काम गर्दे आएका छन् ।

आफु सधै जनताको सेवामा नै खटिने भन्दै आफु वडाध्यक्षको उम्मेदवारी दिएको भन्दै आफुलाई भोट दिएर जिताउन सबै संग अनुरोध गरे ।

उक्त वडामा महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुमविर पुनले उम्मेदवारी दिएका छन् ।

१२ गतेबाट उनले चुनावी प्रचार प्रसारको कार्याक्रम सुरु गरेका हुन ।

Comments are closed.