राजेश हमाल भए ५१ बर्षका

rajesh-hamal-birthdayपाेखरा २६ जेठ/नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमाल मंगलबार ५१ बर्षमा प्रवेश गरेका छन् । हुनत, हमालले आफ्नो उमेर केही बर्ष लुकाएका हुन् भन्नेहरु पनि छन् । तर, हमाल जुन ९ अर्थात मंगलबार नै ५१ बर्षमा प्रवेश गरेका हुन् ।
नायक हमालले त्यस्तो कुनै भब्य कार्यक्रम भने नगरेको बताइएको छ । उनका अनुसार, भूकम्पका कारण देश नै पीडामा रहेको समयमा हमालले कुनै कार्यक्रम नगर्ने सोँच बनाएका हुन् ।
तर, हमाल सामाजिक कार्यका लागि भने विभिन्न कार्यक्रममा सामेल हुने उनको भनाई छ । चलचित्र ‘युगदेखि युगसम्म’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका राजेशले यसपछि एकछत्र राज गरिरहेका छन् ।
३ सय भन्दा बढी चलचित्रमा काम गरिसकेका हमालले गतबर्ष बिहे गरेपछि भने चलचित्र करिअरलाई केही सुस्त बनाएका छन् । भूकम्पका कारण पुनः स्थापनामा व्यस्त हुने भएकाले पनि हमालले तत्काल नयाा चलचित्र खेल्ने सोच बनाएका छैनन् ।
उनी कतारमा आयोजना हुने एक कार्यक्रमका लागि आज पत्नी मधुको साथमा त्यता जान लागेका छन् । चर्चित नायक राजेश हमाललाई हटलाइनको दैनिकको तर्फबाट पनि ह्याप्पी बर्थ डे ।Rajesh-1

Comments are closed.