
पोखरा हटलाइन।
हटलाइन व्यक्ति बिचारमा आज अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय सचिब तथा अखिल नेपालयातायात गण्डकी प्रदेश उपाध्यक्ष बिबेक भुजेलको बिचर समावेश गरिएको छ।
चिनको वुहान शहरबाट उत्पत्ती भएर अहिले विश्वका सबै देशमा फैलिएको कोभिड १९ कोरोना नामक भाइरसको नाम नसुन्ने अनियसबाट त्रसित नहुने मानवसमुदाय बिरलै छन् होला।उक्त भाइरसको सुरक्षा र सतर्कता निम्ति विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारविश्वका सबै देशले लकडाउन अर्थात् बन्दाबन्दी किस्ताको ढाचामा जारी राखिरहे/मिति थपिरहे। उक्त भाइरसले कसैले कल्पना नै गर्ननसक्ने खालको महाविपत्ती सिर्जना गरायो।कोरोना भाईरसको असर हाम्रो नेपाल जस्तो देशमा झनै बढ्दो छ । हाम्रो देशका प्राय सबैक्षेत्र यस भाइरसको चपेटामा परेका छन ।देशकको अर्थतन्त्र दिनदिनै खस्किँदै गएको छ । रोजगारका लागी विदेशीएका हजारौँ नेपालीस्वदेश फर्किएको स्थिती छ साथै स्वदेश भित्रैपनि धरैले रोजगार गुमाएका छन र व्यरोजगारीको शङ्ख्या बढ्दो क्रममा छ।
विश्व अर्थतन्त्र नै ओरालो लाग्दै यसको असर नेपालमा पनि परेको छ । नेपलका हरेक व्यवसायी , मजदुर यसको चपेटामा परेका छन। देश र जनता यस्तो सङक्रमणकालिन अवस्थामा गुज्रिरहेको बेला हाम्रो सरकारले भिभिन्न क्षेत्र , व्यवसायी , मजदुरहरूलाई राहात तथाविशेष प्याकेजको घोषणा गरेको छ । सरकारको यस प्रयासलाई प्रशंसा गर्नुपर्छ । सरकारले आफ्नो पहलबाट कोरोना भाईरसकोमारमा परेका सबै क्षेत्र समेट्न खोज्ने प्रयास गर्दै गर्दा निम्न बर्गिय र लकडाउनले गर्दा दुई छाक खाना लाउन समेत अफ्ठ्यारोमा परेकायातायात क्षेत्रका श्रमीक यातायात मजदुरका समस्यालाई सम्बोधन गर्न सकेको छैन।
विश्व भरि माहामारी रूपमा फैलिदै गएको कोरोना भाईरस नियन्त्रणका लागी नेपाल सरकारले लागु गरेको लकडाउनको पालना गर्दैयातायात व्यवसायीहरूले आफ्नो सेवा बन्द गरेका थिए। करिब ६ महिना यातायात संचालन नहुँदा यातायात कम्पनिहरू असरमा परे रत्यसका साथै यातायात क्षेत्रमा दैनिक ज्यालादारी गर्ने यातायात श्रमिक मजदुरहरू मारमा परे। सामान्य हेर्ने हो भने नेपालकोअवस्थामा यातायात क्षेत्रमा मजदुरी गर्ने श्रमीक निम्न बर्गिय रहको देखिन्छ । श्रमिकहरू दैनिक ज्यालादारीको हिसाबमा काम गरेकोअवस्था छ र लामो लकडाउनले गर्दा जिवीका पार्जन गर्न समेत गाह्रो भएको स्थिति छ ।
सुखि , सम्रद्धी राज्य निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने यातायात श्रमीकलाई राज्यले यस असहज परिस्थितिमा उनीहरूको उचीतव्यवस्थापन गर्न नसक्नु एक दुःखद क्षण मान्न सकिन्छ ।
अखिल नेपाल यातायात मजदुर संघले विपतमा परेका देशैभरि रहेका निम्न वर्गिय यातायात श्रमीकलाई सहयोग र राहात बाँढीरहँदासरकारले कुनै पनि सहयोगको ठोस पहल गर्न सकेको छैन।
लामो समयसम्म ठप्प रहेको सार्वजनिक यातायात लकडाउन केही खुकुलो हुदाँ सम्म पनि बन्द रहेको थियो। निम्न वर्गिय यातायातश्रमिक रोगले भन्दा भोकले मर्ने अवस्था आएकाले मजदुर संघको दबाब र पहलमा असोज १ गतेबाट सार्वजनिक यातायात संचालनमाआएका छन्। कोभिड प्रकोपको अवधिभर सार्वजनिक यातायात संचालन निर्देशिका भित्रका नियमहरूलाई यातायात व्यवसायीले पालना गर्ने सहमति सहित यातायात संचालन गर्दा अपनाउनुपर्ने सुरक्षाका मापदण्ड अन्तर्गत श्रमीक कोरोना बिमा तथा सावधानीकालागी मास्कको प्रयोग, फेस भाईजर जस्ता साधनहरूको पंहुचमा यातायात श्रमीक नरहेको र सक्रमणको जोखिम अझै रहेकाले राज्यलेयसको निगरानी गर्नु पर्ने देखिन्छ।
सुखि , सम्रद्धी राज्य निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने यातायात श्रमीकलाई राज्यले यस असहज परिस्थितिमा उनीहरूको उचीतव्यवस्थापन गर्न नसक्नु एक दुःखद क्षण मान्न सकिन्छ ।
कोभिड भाईरसको जोखिम अझै पनि उच्च रहेकाले सर्वसाधरण जनतालाई सार्वजनिक यातायातको सुबिधा लिनका ढुक्क महसुसगराउनका लागी यातायात संचालनमा आईसकेपछि कसरी मजदुरलाई सुरक्षित मापदण्ड अपनाएर व्यवसाय संचालन गर्ने विषयमाश्रमीकहरूलाई सचेतना कार्यक्रम दिन जरूरी छ ।
मजदुर संघको पहलमा राज्यले सम्पुर्ण श्रमिकको कोरोना बिमाको लागि सम्बन्धीत निकायहरूको ध्यानाकार्षण गराँउदा पनि त्यसकोउचीत कार्यनयन हुन सकेको छैन। कोभिडले गर्दा सामान्य जिविका चलाउन समेत नसक्ने अवस्थमा रहेका यातायात श्रमिकलाई राज्यलेउचीत व्यवस्थापन गर्न जरूरी छ । श्रमिकको कोरोना बिमा , न्युनतम तलबको व्यवस्था , यातायात सन्चालनका लागी चाहिने सुरक्षाकासाधनहरू, श्रमिकको घरभाडामा छुट आदि कुरामा यातायात व्यवसायी र सरकारले संयुक्त रूपमा पहल गर्न आवश्यक छ।
हामी मजदुर आफ्नो सिङ्गो परिवारको भोक प्यास र दैनिकि गुजारा गर्नका लागी सुरक्षित मापदण्ड अपनाएर काम गर्ने वातावरणराज्यले तथा यातायात व्यवसायीले संयुक्त रूपमा मिलाउनुका साथै राहात र केहि विशेष प्याकेजको व्यवस्था गर्न आवश्यक छ। यदियातायात मजदुरका यी समस्याहरूमा सम्बन्धित निकायको गम्बिर ध्यानाकर्षण नभएमा देशैभरिका यातायात श्रमिकहरू बाध् यभएरभोको पेटकको निम्ति सडकमा आउने छन्।
Comments are closed.