राप्रपाको चुनावी अभियान जारी

हिन्दु राष्ट्रको माग सहित चुनावमा उठेकाले हाम्रो जित पक्का – उम्मेदवार भण्डारी

सूर्य बाँस्तोला

पोखरा, ६ मंसिर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नं. २ विभिन्न वडा, ठाउँमा चुनावी प्रचार प्रसार तिव्र पारेको छ ।

शुक्रबार पोखरा १६ दीप बाटुलेचौर, लामाचौ, महेन्द्रगुफा, अर्मला लगायतका ठाउँहरुमा घरदैलो तथा चुनावी कोणसभा कार्यक्रम सम्पन्न भएको छ ।

घरदैलो कार्यक्रममा राप्रपाका उम्मेदवार रोम बहादुर भण्डारीले स्थानीयहरुसँग पार्टीको एजेण्डा विषयमा प्रष्ट पार्दै पार्टीभन्दा माथि उठेर धर्म रक्षाका लागि आफूहरुलार्य गाई चिन्हमा मत दिन आग्रह गर्नुभयो ।

उम्मेदवार भण्डारीले चुनावी सरगर्मी बढेसँगै घरदैलो अभियानलाई पनि तिव्र बनाउनु भएको छ । जनताको साथ, समर्थन र हिन्दु राष्ट्रको माग सहित चुनावमा उठ्ने भएका कारण आफ्नो जित पक्का रहेको उम्मदेवार भण्डारीले दावी समेत गर्नुभयो ।

उम्मेदवार भण्डारी लामाचौर पुग्दा सैयौंका संख्यामा रहेका युवाहरुले राप्रपालाई जिताउन सघाउने प्रतिवद्धता व्यक्त गरेका सहसंयोजक सुवर्णराज पन्तले बताए ।

घरदैलो कार्यक्रममा पार्टीका प्रदेश, जिल्ला, नगर, वडा इकाईका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

घरदैलो कार्यक्रम अन्तर्गत शनिवार पोखरा वडा नं. २१ को कृस्तिबाट शुरु भई विभिन्न क्षेत्रहरुमा घरदैलो तथा चुनावी कोणसभा हुने प्रचारप्रसार सहसंयोजक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

शनिवारको घरदैलो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष तथा कार्यवहक अध्यक्ष बुद्धिमान तामाङ लगायत केन्द्रीय नेता तथा जिल्ला, प्रदेशका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक सूर्य बास्तोलाले जानकारी दिनुभयो ।

Comments are closed.