सूर्य बाँस्तोला
पोखरा, ३ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले घरदैलो अभियानलाई तिव्र पारेको छ । कास्की क्षेत्र नं. २ का ११ वटै वडामा मतदाता भेटघाट कार्यक्रम जारी राखेको हो ।
नेपालको एकमात्र देशभक्त राष्ट्रवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी भएको बताउँदै उम्मेदवार रोम बहादुर भण्डारीले सत्ता समिकरणमा फरक नपर्ने उपचुनावमा पार्टी स्वार्थ भन्दा माथि उठेर भ्रष्टाचार, बेरोजगारी, हिंसा बलात्कारको विरुद्धमा अभिमत प्रकट गर्न राष्ट्रवादी पार्टी राप्रपालाई मत दिई जिताउन आग्रह गर्नुभयो ।
राष्ट्रिय अखण्डता, हिन्दु राष्ट्र र राजसंस्था सहितको लोकतन्त्र, सुशासन एवं आर्थिक समृद्धिका लागि राष्ट्रवादी शक्ति राप्रपालाई गाई चिन्हमा मतदान गरी जिताउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेशका अध्यक्ष हेमजंग गुरुङ, केन्द्रीय सदस्यहरु डा.भिमसेन गुरुङ, जयलाल पुन, कुल बहादुर गुरुङ कुलु, शिव प्रसाद चालिसे, बरुण बिक्रम राणा, नारायण गुरुङ, जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्की, प्रदेशका नेता, जिल्ला स्थित नेता सहितको घरदैलो अभियान सम्पन्न गरिएको राप्रपाका प्रचार प्रसार समिति संयोजक सूर्य बास्तोलाले बताउनुभयो ।
मंगलबार भजनकीर्तन सहितको घरदैलो कार्यक्रम चोरसाँघुबाट शुरु भई घारीपाटन, एयरपोर्ट, राष्ट्रबैंकचोक, रत्नचोक, मासबार, शान्तिनगरचोक लगायतका ठाउँहरुमा गरिएको थियो । साथै वडा नं. ७ को चुनाव प्रचारप्रसार समितिको कार्यालय समेत उद्घाटन गरिएको थियो ।
बुधबार पोखरा वडा नं. १७ को चचहुई फन पार्कबाट शुरु भई विरौटा, छोरेपाटन, विरुवा क्षेत्रमा घरदैलो तथा चुनावी कोणसभा हुने निर्वाचन समिति संयोजक तथा केन्द्रीय सदस्य जयलाल पुनले बताउनुभयो ।
स्मरण रहोस् यसअघि वडा नं. १५, ९, ८, २०, ४, ३३, २१ र १६ मा घरदैलो तथा चुनावी कोणसभाहरु भइसकेको छ ।
Comments are closed.