काठमाडौं २७ जेठ – राप्रपा नेपालका नेता तथा पूर्वमन्त्री पद्मसुन्दर लावती निधन भएको छ । ७६ वर्षीय नेता लावतीको काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको अस्पतालका संचार संयोजक आरपी मैनालीले बताए ।
जेठ २३ गते नर्भिक अस्पताल भर्ना भएका लावती मृगौला सम्बन्धी रोगका साथै रक्त अल्पता र श्वासप्रश्वास समस्याबाट ग्रसित बनेका थिए ।

पछिल्लो पटक राप्रपा नेपालका नेता कमल थापासँग मनमुटाव भएपछि छुट्टै समानन्तर कमिटी बनाएर नेतृत्व गरेका थिए । त्यही समानान्तर कमिटीलाई नयाँ पार्टीमा रुपान्तर गर्ने तयारी रहेकै बेला उनी अस्वस्थ हुन पुगेका थिए । उनको निधन सँगै राप्रपा नेपालमा देखिएको असन्तुष्ट पक्षहरुको नेतृत्व विहीन जस्तै हुन पुगेको छ । पञ्चायत देखि प्रजातन्त्र पुनस्र्थापना पश्चात पनि पटकपटक मन्त्री भएका थिए ।
२०१४ सालमा विद्यार्थी अवस्थावाटै राजनीतिमा सक्रिय लावती २०१९ सालमा युवक संगठन अञ्चल सभापति, २०२१ सालमा यासोक गाँउ पञ्चायतको प्रधानपञ्च, २०२४ सालमा जिल्ला पञ्चायतको सदस्य, २०२९ सालमा उद्योग वाणिज्य राज्यमन्त्री हुँदै, स्वास्थ, खाद्य र गृह मन्त्रीका समेत भएका थिए ।
Comments are closed.