राप्रपा नेपालको सङख घण्ट शान्तिपूर्ण धार्मिक यात्रा सम्पन्न

पोखरा १ बैशाख । नयाँ वर्षको अवसर पारेर राप्रपा नेपाल कास्कीले सङख घण्ट शान्तिपूर्ण धार्मिक यात्रा मंगलाबार सम्पन्न गरेको छ । सनातन हिन्दुराष्ट कायम गर्नुपर्ने उदेद्दश्यले हरेक वर्ष उक्त कार्यक्रम गदै आएको छ । पोखराको नालामुखबाट सुरु भएको सङख घण्ट शान्तिपूर्ण धार्मिक यात्रा प्रसिद्ध धार्मिक स्थला विन्ध्यवासिनि मन्दिरमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा बोल्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य रमेशबहादुर भटराईले राष्टियता संकटमा पदै गएकाले राष्टियता र धर्म बचाउने सवालमा सवै जनता ए क जुट हुनपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष जयलाल पुनले देश धर्म छाडाहरुको हातमा परेको आरोप लगाए ।

पार्टीका उपाध्यक्ष नेत्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य कुलबहादुर गुरुङ(कुलु), प्रशिक्षण विभाग प्रमुख बरुणविक्रम राणा, शिवकुमार बास्तोला, भोलाजंग सुवेदी, क्षेत्रीय अध्यक्ष गिता गुरुङ, धमेन्द् थापा लगायतले नेपाललाई हिन्दुराज्य काम गर्नुपर्ने बताए । कार्यक्रमको संचालन पार्टी उपाध्यक्ष भिम भण्डारीले गरेका थिए ।

Comments are closed.