पोखरा ,
पुराना असक्षम ,अयोग्य, अशिक्षित मानिसले देश संचालन गरेको कारण आफु राजनितीमा होमिएको राप्रपा को तर्फबाट कास्की क्षेत्र नम्वर २ ‘क’ मा उमेदवार विजय बहादुर भण्डारीले बताए ।देश सुहाउदो भौगोलिक वातावरण नै जानकारी नभएका बिकाशको योजना नभएका, धर्म, कर्म,गरी बस्ने र नाति नातिना खेलाएर बस्ने उमेरमा देश बिकाश गर्ने आट र हिमम्तनै नभएका नेता भएको भण्डारीको भनाइ छ ।नेताको कारणले देश कमजोर बन्दै गएको अवस्थालाई सुधार गर्न योग्य भएर आफु २७ वर्षको उमेरमा राजनितीमा होमिएको भण्डारीले बताए ।चुनावी घरदैलो अन्र्तगत पोखरा १५ का वडा बासीसँग मत माग्दै भण्डारीले आफुलाई मत दिनु भनेको देशलाई दिनु र जिताउनु रहेको बताए । देशलाई भ्रष्टचार मुक्त बनाउने पहिलो प्रथामिकता रहेको सुनाए ।राप्रपाका केन्द्रिय नि वर्तमान अध्यक्ष पशुपति शम्शेर राणाले पोखरा १५ को सभालाई संम्बोधन गर्दै ठुला पार्टीका नेताले देशलाई बरर्बाद गर्न लागेको बताए ।हिन्दु राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र बनाउने, भ्रष्टचार गर्नेलाई प्रोत्सान गर्ने जनताको मतको अपमान गर्नेलाई अब जनताले मत दिन नहुने बताए ।ठुला पार्टीका नेतालाई सत्ता र शक्ती बाट सदाको लागी जनताले मतदान गरेर पाखा लगाउन अनुरोध गरे । देश बचाउन राप्रपालाई मत दिनुपर्ने राणाको भनाइ छ ।राप्रपाका केन्द्रिय उपाध्यक्ष हेमजंग गुरुङले मंसिर ४ गते हुने मतदान राजावादीलाई ठुलो मौका र अवसर रहेको बताए । भ्रष्टचारको अखडा प्रदेश सरकारलाई खारेज गर्न चुनावले नेपाली जनतालाई अवसर दिएको सुनाए ।पोखरा १५का स्थानिय लिलमाया गुरुङले सरकारी कार्यालयमा काम गर्न जादा ढिला सुस्ती हुने र घुस नखाई काम गर्न नमान्ने नेताको कारण भएको धारणा राखिन । उनले ठुला पार्टीलाइ मत दिएर विकास नहुने भन्दै नयाँलाई अवसर दिनुपर्ने बताइन ।भण्डारीको उमेरद्धारी जनताको हित र भलाईकोलागी भन्दै बिजयीको अग्रीम शुभकामना दिइन ।
स्थानिय दिपु गुरुङले चुनावमा जितेर जाने ठुला पार्टीका नेताले देश बिकासको काम नगरी ब्यतिmबादी राजनिति हाबि भएको गुनासो गरे । हरेक क्षेत्रमा राजनितिकरण भएको जनताको समस्याप्रति चासो नभएको सतmा र शतिmको लागी मात्र लडाई हुने भन्दै ठुला पार्टीको विरोध गरे ।
स्थानिय बिद्यार्थी सुसान गुरुङले देशमा असल नेता नभएको कारणले पढेलेखेका युवा देशमा रोजगार नपाएर विदेश जानुपर्ने बाध्यता रहेको दुख पोखे । असल नेता नभएको कारण गाँस बास र कपासको लागी पढाईको सटिफिकेट बाकसमा थन्काएर बिदेशी भुमिमा रोजगारीको लागी रगत र पसिना बगाउनको लागी बाध्य हुनुपरेको बताए ।
Comments are closed.