रामघाट महिला समुह द्धारा तीज गित प्रतियोगित सम्पन्न

पोखरा,
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०८० को सन्दर्भमा रामघाट महिला समुह पोखरा १०, १२ ले यही असोज १ गते तीज गीत प्रतियोगितामा सहभागी हौं संस्धृतिको संरक्षण गरौं भन्ने मुल नाराका साथ पोखरा १० गिता मन्दिर प्राड्गणमा तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा जम्मा १२ टिमको सहभागिता रहेको थियो । जस्मा मेट्रोपोलिटियन एकेडेमी पोखरा १० प्रथम, कालिका नमुना मा.वि द्धितिय, सिद्धाश्रम शक्ति केन्द्र तृतिय र गंगा शर्माको समुह म्याग्दीले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । उत्कृष्ट नृत्यमा शिबपुरी आमा समुह, बुद्धचोक महिला समुह उत्कृष्ठ भेषभुषामा पुरस्कृत भएका थिय भने दर्शक मध्ये बाट उत्कृष्ट नृत्यमा रमिला शौखी र बाल नृत्यमा सांराज्ञि सुवेदीले पुरस्कार जित्नु भयो । रामघाट महिला समुहकी अध्यक्ष दुर्गा के.सीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा समुहकी संरक्षक अनिता तिमिल्सिनाले स्वागत मन्तव्य राख्नु भएको थियो । स्वागत नृत्य मेट्रोपोलिटन स्कुलका बिद्यार्थीहरुले प्रस्तुत गरेका थिय । कार्यक्रमको सन्चालन समुहकी सहसचिव जानुका अधिकारीले गर्नु भएको थियो । प्रमुख अतिथि माननीय सभासद् श्री सरस्वती गुरुङ्ग, निर्णयक मण्डलमा लोक गायक चोलेन्द्र पौडेल, गायिका सरस्वति लामिछाने र प्रतिभा शर्मा रहनु भएको थियो ।

 

Comments are closed.