राष्ट्रपतिद्वारा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन

पोखराकी उपमेयर मञ्जुदेवी गुरुङ न्यायिक समिति महासंघको संयोजक

पोखरा, चैत १५ ,

राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । पोखराको सभागृहमा सोमबार आयोजित सम्मेलनको उहाँले डिजिटल प्रविधिबाट उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायतको रहेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको पोखरा आगमन का कारण ट्राफिक ब्यबस्थापन चुस्त दुरुस्त देखिन्थ्यो।

पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित सम्मेलनमा देशका ७५३ वटै पालिकाका न्यायिक समितिका प्रमुख एवम् सदस्यको उपस्थिति रहेको थियो । महानगर, उपमहानगर, नगर, गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ । पोखरामा सम्पन्न न्यायिक समितिको राष्ट्रिय सम्मेलनले पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको  त्वमा ११ सदस्यीय न्यायिक समिति महासंघ गठन गरेको छ।समितिमा इन्दिरा कार्की विराटनगर महानगरपालिका, मञ्जु भण्डारी सुवेदी धरान उपमहानगरपालिका, बिमलाकुमारी शर्मा धुलिखेल नगरपालिका, मञ्जु अधिकारी प्यासी फलेवास नगरपालिका, शारदा शर्मा विष्ट कञ्चनपुर पुनर्वास नगरपालिका, चन्द्रकला शाही सिम्ता गाउँपालिका, लक्ष्मी खनाल रिब्दीकोट गाउँपालिका, दुर्गा प्रसाद राय मधेश प्रदेश सवैला नगरपालिका धनुषा, लिला थापा राना जैमीनी नगरपालिका र रविन्द्र कुमार खाती इन्द्रावति गाउँपालिका रहेका छन् ।समितिले आउँदा दिनमा न्यायिक समितिका अनुभव साझेदारी गर्ने तथा संविधान र ऐनको प्रभावकारी कार्यान्वयनमा सघाउने लक्ष्य लिएको छ । सम्मेलनले १४ बुदेँ घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा राखिएका ११ वटा बुँदाहरु न्याय सम्पादनमा भएका जटिलता हटाउनेतर्फ लक्षित भएपनि एउटा बुँदामा भने आउँदो चुनावमा पालिकाका प्रमुख पदाधिकारीमा ३३ प्रतिशत नघटने गरी महिला उमेदवार बनाउन तथा विजयको सुनिश्चितताको माग गरिएको छ ।

Comments are closed.