राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिता शुरु


पोखरा,

युवा तथा खेलकुद मन्त्रलाय गण्डकी प्रदेशको आयोजनामा राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको शुक्रबार उदघाटन समारोह भएको छ । शुक्रबार पोखरा रंगशालामा ४ खेल सम्पन्न भएको छ । शुक्रबार विहान भएको खेलमा पोखराको बगर भाइखलकले वालिब भे«टान टिमलाई ५–१ को फराकिलो गोल पराजित गरेको छ । खेलको दोस्रो मिनेटमै मोती कुँवरको गोलबाट वालिब भेट्रानले अग्रता लिएको थियो । बगरभाइ खलकले बराबरी गोल फर्काउन सफल भयो । पहिलो हाफ बराबरीमा भएको खेलमा २८ औं मिनेटमा प्रकाश गुरुङ्ग, ३० मिनेटमा टिकेन्द्र गुरुङ्ग, ३२ मिनेटमा गंगा तामाब(प्लेयर अफ दि म्याच) र ४६ औं मिनेटमा दिपक पुनले गोल गरेका थिए । पोखरा रंगशाला फुटबल मैदानमा आयोजित प्रतियोगिताको दोस्रो खेलमा लेकसाईड भेट्रान टिमले जित्यो । उसले पोखरा भेट्रानलाई १–० ले पराजित गर्यो । लेकसाईडको जितमा १६ औं मिनेटमा नरेश गुरुबले गोल गरेका थिए । खेलमा मनबहादुर गुरुब प्लेयर अफ दि म्याच घोषित भएका थिए । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्गको कप्तानीमा खेलेको मनाब मस्र्याब्दी क्लबले पनि जितेको छ । मनाब भेट्रान टिमले पोखराको दिप युनाईटेडलाई ५–३ गोल अन्तरले पराजित गरेको थियो । मनाबका
कर्मा छिरिब गुरुबले ह्याट्रिक गरे । २ र ६ मिनेटमा बीरबहादुर गुरुबले गोल गरेर दिप युनाईटेडको अगाडि बढाए । खेलको १३ औं मिनेटमा मनाबका लागि कर्मा छिरिब गुरुङ्गले गोल फर्काए । खेलको ४० औं मिनेटमा दिप युनाईटेडका लागि दलबहादुर लामाले गोल गरे । ४२ औं मिनेटमा मनाबका कर्मा छिरिबले व्यक्तिगत दोस्रो गोल गरे । ४८ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कर्माले ह्याट्रिक पुरा गरे । ६० औं मिनेटमा सुमनमान श्रेष्ठले गोल गर्दै जितको आशा जगाउदाँ ६१ औं मिनेटमा सुमन श्रेष्ठले गोल थप्दै मनाङ्गको जित सुनिश्चित बनाए । मनाङ्गका कर्मा प्लेयर अफ दि म्याच घोषित भए ।  गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा सञ्चालित प्रतियोगिताको उदघाटन गण्डकी
प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गरेका थिए । प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ । पोखरा, काठमाडौं, हेटौडा, वालिब लगायतका शहरबाट भेट्रान टोलीको प्रतिस्पर्धा रहेको छ । प्रतियोगिता विजेताले नगद ३ लाख, उपविजेताले १ लाख ५० हजार, दुई सेमिफाईनलिष्ट टोलीले नगद ३० हजार, सर्बोत्कृष्ट  खेलाडीले नगद २० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीहरुले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङ्गका अनुसार शनिबार ६ खेल खेलाईने छ ।

Comments are closed.