राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सि.ए. बद्रीकुमार
गुरागाई पुन नियुक्ती हुने भएका भएका छन् । बैंक सञ्चालक समितिको बुधवार सम्पन्न
वैठकले गुरागाईलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता
दिने निर्णय गरेको हो । २०७५ साल पुस ३ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा
कार्यरत गुरागाईको समयावधी सकिन ६ महिना पहिला नै बैंक सञ्चालक समितिले पुनः ४ वर्षका
लागि समय थप गर्ने निर्णय गरेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।
म्याद सकिन भन्दा ६ महिना पहिला प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्नु पर्ने बैंकको
प्रावधन रहेको छ । त्यस भन्दा पहिला नायव महाप्रवन्धकका रुपमा गुरागाईले काम गर्नु भएको
थियो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को समेत पूर्व प्रमुख
कार्यकारी अधिकृत भइ काम गरेका गुरागाईको सहकारी क्षेत्रमा लामो अनुभव छ । देशभरका
सहकारीहरुको एक मात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकलाई थप प्रभावकारी
बनाउनका लागि गुरागाईको थप योगदान हुने ठहरका साथ आगामी ४ वर्षका लागि म्याद थप
गरिएको वैठकका सहभागीले बताएका छन् ।
सञ्चालक समितिको निर्णय, सदस्य संघ संस्थाहरुको आवश्यकता र चाहनालाई मध्यनजर गरेर
सहकारी क्षेत्रमार्फत देशको समग्र आर्थिक तथा सामाजिक योगदानमा प्रतिफल दिने गरी सहकार्य
गरेर अगाडि बढ्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईले प्रतिवद्धता व्यक्त गरेका छन् ।
बैंकको वैठकले कोरोना संक्रमणका कारण जारी लकडाउनमा सदस्य संस्थाहरुको
कारोबार नभएको र त्यसबाट पर्न गएको अवस्थालाई मध्यनजर गरी लकडाउन अवधीमा पाकेको
ब्याजको १० प्रतिशत छुट दिएकोमा असार १ गतेदेखि २ प्रतिशत ब्याज घटाउने निर्णय गरेको छ । वचत
र कर्जामा बढीमा २ प्रतिशत कायम हुने गरी ब्याजदर घटाएको प्रमुख कार्यकारी अधिकृत
गुरागाईले जानकारी दिनुभयो ।
नेपालको संविधान २०७२ को प्रावधान अनुसार मुलुकको आर्थिक विकासका लागि सहकारी
क्षेत्रसंगको सहकार्यका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुलाई आव्हान गर्ने, ७ सय ५३
वटै स्थानीय तहहरुलाई बजेट निर्माणका क्रममा राष्ट्रिय सहकारी बैंक सहित सहकारी क्षेत्रसंग
सहकार्य गरेर अगाडि बढ्नका लागि सुझाव दिने निर्णय वैठकले गरेको छ ।
बैंकका सञ्चालक तथा प्रदेश नं. १ का संयोजक महेन्द्र गिरीका पिता बम बहादुर गिरीको
२०७७ जेठ २४ गते भएको निधनप्रति दुख व्यक्त गर्दै वैठकले मृतकप्रति श्रद्धाञ्जली
परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।
Comments are closed.