राष्ट्रिय स्तरको बैंक हुँदै जनतामा पहुँच बढाउँछौं

toya dhikari
तोयराज अधिकारी
प्रमुख कार्यकारी अधिकृत
कास्की फाइनान्स लिमिटेड
नेपालमा बहुदलीय व्यवस्थाको स्थापना पश्चात सरकारले बैंक संचालनको लागि खुकुलो नीति लिएपछी ५० को दशक पछि निजी लगनीमा काठमाडौंमा केन्द्रीय कार्यालय रहने गरी बैंकहरु खुल्न थाले र पोखरामा निक्षेप परिचालनको राम्रो संभावना भएकोदेखि शाखा खोल्नको लागि पोखरालाई पहिलो प्राथमिकताम राख्न थाले । त्यस बेलादेखि आम जनताहरुको बैंकिङ सेवाको लागि पहुँच सजिलो बन्न गयो र त्यससंगै पोखराको पर्यटन क्षेत्रको संख्यत्मक रुपमा एबं गुणात्मक रुपमा समेत बिकास हुँदै गयो । पोखरामा केन्द्रीय कार्यालय स्थापना गरी ६० को दशकमा बिकास बैंकहरु र फाइनान्स कम्पनिहरु धमाधम खुल्न थाले र साना व्यावसायिक कर्जा लगायत उपभोग्य कर्जामा जनताहरुको पहुँच बढ्दै गयो ।
हाल आएर पोखरा एउटा बैंक बित्तीय संस्थाको हबको रुपमा विकसित हुँदै गइरहेको छ । पोखरा र यसका आसपासका क्षेत्रहरुमा बैंकको लगानी उल्लेख्य रुपमा बृद्धि हुँदै गइरहेको र साना व्यबसायी एबं उद्यमीहरुको पूँजिको आवश्यकता अनुसार कर्जा लगानी गर्ने नीतिले गर्दा उल्लेख्य मात्रमा स्वरोजगारमा महत्वपूर्ण योगदान पु¥याएको छ । जसले गर्दा मुलुकमा काम नपाएर बिदेशीने क्रमलाई कम गर्न सकिएको छ । त्यसैगरी युवा जनशक्तीको हाल व्यबसायिक कृषितर्फ आकर्षण बढ्दै गइरहेकोले उनिहरुको पूँजिको आवश्यकतालाई पनि बैंकले पुरा गरिरहेको अवस्था छ । यसरी मुलुकको बेरोजगारी समस्यलाई कम गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ठुलो सहयोग पु¥याएर बैंक तथा बित्तीय संस्थाहरुले जनाताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेका छन् ।
वि. सं. २०६४ सालमा स्थापना भएको कास्की फाइनान्स लिमिटेड राष्ट्रिय स्तरको फाइनान्स कम्पनिको रुपमा कारोबार गर्दे आइरहेको छ । केन्द्रीय कार्यालयसहित ११ वटा शाखा कार्यालयहरु संचालनमा छन् । कास्की फाइनन्सको हाल चुुक्ता पूँजि रु २८ करोड रहेको छ भने रु २ अर्ब ९५ करोडको निक्षेप परिचालन गरी रु २ अर्ब ५० करोड कर्जा लगानी गरेको अबस्था छ । संस्थाले गत आर्थिक बर्षमा रु १० करोड १० लाख संचालन नाफा कमाएर शेयरधनिहरुलाई १८ प्रतिशत बोनस शेयर बितरण गर्दैछ ।
यस संस्थाको कारोबार शहर केन्द्रित मात्र नभएर जनतामा बैंकिङ पहुँच बढाउने उद्देश्यले गाउँ गाउँमा पनि शाखा कार्यालयहरु बिस्तार गरी अगाडी बढिरहेको छ । यस संस्थामा मुद्यती खाताका अतिरिक्त बिभिन्न आकर्षक बचत खाताहरु जस्तै बाल बचत, सबल नारी बचत, ज्येष्ठ नागरिक बचत, तलव बचत खाता लगायतका बचत खाताहरु संचालनमा रहेका छन् । त्यसै गरी साना तथा मझौला ब्यबसायिक कर्जाहरुका अतिरीक्त कृषि उद्यम कर्जा, सुनचाँदी धितो कर्जा, पर्यटन कर्जा जस्ता सेवाहरु रहेका छन् भने एटिएम सेवा, लकर सेवा, मोबाइल बैंकिङ सेवा लगायतका सेवाहरु पनि प्रदान गर्दे आइरहेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक बित्तीय संस्थाको पूँजीको आधार बलियो बनाउंँदै लैजाने नीति अनुरुप बाणिज्य बैंक, बिकास बैंक तथा बित्त कम्पनिहरुको पूँजी चार गुणाले बृद्धि गर्नुपर्ने व्यबस्था गरेको छ । यसको परिणाम स्वरुप कतिपय बैंक बित्तीय संस्थाहरुले एक आपसमा मर्ज गरेर क्रमसः पूँजी बृद्धि गर्दै लैजाने नीति अख्तियार गरेका छन् । नीतिगत रुपमा पूँजी बृद्धि गर्ने कुरा सान्दर्भिक भएतापनि वि. सं. २०७४ सम्मको समय सिमा कम भएको सो अनुसार बैंक बित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पु¥याउन धेरै कठिन देखिन्छ । नेपाल राष्ट्र बैंकको पूँजी बृद्धि गर्ने निर्देशनको कारणले पनि धेरै बैंक बित्तीय संस्थाहरु मर्जरमा जाने अबस्थाको सिर्जना भएको छ । संस्था कामना विकास बैंकसंग मर्ज गरेर राष्ट्रिय स्तरको बिकास बैंक बन्नको लागि दुई संस्था बीचमा सहमति पत्रमा हस्ताक्षर भइ मर्जर प्रक्रिया अगाडी बढिरहेको छ ।

Comments are closed.