पोखरा, 3 पुस |
नेपाल हक्की संघकोे आयोजना तथा कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा आजदेखि पोखरामा राष्ट्रिय हक्की प्रतियोगिता सुरु हुँदैछ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित ८ गतेसम्म पोखराको नगर विकास प्रशिक्षण केन्द्रमा संचालन हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मी र सुदुपश्चिाञ्चल विच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै दोस्रो खेल पश्चिमाञ्चल र पूर्वाअञ्चल विच हुने हक्की संघ कास्कीका सचिव एकराज गिरीले बताए ।
प्रतियोगिताको समुह ‘ए’ मा नेपाल आर्मी, सुदुरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल रहेका छन् भने समुह बिमा पश्चिमाञ्चल, पूर्वाञ्चल, मध्यमाञ्चल रहेका छन् । प्रतियोगितामा विजेता टिमले ५० हजार, ट्रफि र प्रमाणत्र, उपविजेताले ३० हजार, ट्रफि र प्रमाणत्र, तेस्रोले २० हजार, ट्रफि र प्रमाणत्र तथा सान्त्वनाले १० हजार ट्रफि र प्रमाणत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिता सम्पन्न गर्न करिव दश लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ । नेपालमा तिन दशक अघिदेखि नै हक्की खेल भित्रिएको भएपनि यस खेलको निरन्तर अभ्यास, प्रतियोगिता र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको र त्यही वास्तविकतालाई आत्मसाथ गर्दै हक्की खेललाई अन्य खेल जस्तै परिचित गराउँदै अगाडि बढाउने उद्देश्यका साथ पोखरामा हक्की प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ ।
यही प्रतियोगिताबाट नै साफ गेमका लागि प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमका लागि खेलाडिहरुको छनोट गरिने समेत गरिने हक्कीका सहायक प्रशिक्षक अश्विनी अधिकारीले बताए । प्रतियोगिताको आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले गर्ने संघ कास्कीका अध्यक्ष हिमाल खड्काले जानकारी दिए ।
Comments are closed.