राष्ट्रिय हक्की प्रतियोगिता सुरु

hakey 1बिहिबारदेखि पोखरामा राष्ट्रिय हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल हक्की संघकोे आयोजना तथा कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा पोखराको नगरविकास प्रशिक्षण केन्द्र नदिपुरमा सुरु भएको खेलमा नेपालमा आर्मी र पूर्वाञ्चलले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा नेपाली सेनाले मध्यपश्चिमाञ्चललाई ५—१ गोलको फराकिलो जित निकाल्दै विजयी सुरुवात गरेको हो । दोस्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई २—१ गोलको कठिन जित निकाल्दै विजयी भयो ।

hakeyयसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले प्रतियोगिताको उद्घाटन गरे । उनले हकी खेलको विकासका लागि त्रिपक्षिय सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।
हक्की संघ कास्कीका द्धितिय उपाध्यक्ष दानबहादु् बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमा संघ कास्कीका अध्यक्ष हिमाल खड्का र सचिव एकराज गिरीले कार्यक्रम संचालन गरेका थिए । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित पुस ८ गतेसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँच र नेपाली सेनाको एक टिमसहित ६ टिमले प्रतिस्पर्धा गदै छन् ।

Comments are closed.