पोखरा, ५ पुस/नेपाल हक्की संघकोे आयोजना तथा कास्की जिल्ला हक्की संघको ब्यवस्थापनमा पोखरामा जारी राष्ट्रिय हक्की प्रतियोगिता अन्र्तगत शुक्रबारको खेलमा नेपाल आर्मी र मध्यमाञ्चल विजयी भएका छन् । पोखराको नदिपुर स्थित नगरविकास प्रशिक्षण केन्द्रको खेल मैदानमा भएको प्रतियोगिता अन्र्तगत शुक्रबारको पहिलो खेलमा नेपाल आर्मीले सुदुरपश्चिमाञ्चललाई ३–० गोल अन्र्तरले पराजित गदै सेमिफाइनलको यात्रा पक्का गरेको छ । आर्मीले बिहिबारको उद्घाटनखेलमा मध्यपश्चिमाञ्चललाई पराजित गरेको थियो ।
नेपाल आर्मीको जितमा अमित श्रीवास्तवले दुई र शेरबहादुर रोकाले एक गोल गरे । दोस्रो खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ५–१ गोलको फराकिलो अन्र्तरले पराजित गदै जित दर्ता गरेको छ । मध्यमाञ्चलको जीतमा गोविन्द अधिकारीले ह्याट्रिक गर्दा,सोमबहादुर थापा मगर र हरिविन्द्र ंिसंहले एक एक गोल गर्नुभयो । प्रतियोगिता अन्र्तगत शनिबार मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल तथा पूर्वान्चल र मध्यमाञ्चल विच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक दानबहादुर बस्नेतले जानकारी दिए ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित पुस ८ गतेसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँच र नेपाली सेनाको एक टिमसहित ६ टिमले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा विजेता टिमले ५० हजार, ट्रफि र प्रमाणत्र, उपविजेताले ३० हजार, ट्रफि र प्रमाणत्र, तेस्रोले २० हजार, ट्रफि र प्रमाणपत्र तथा सान्त्वनाले १० हजार ट्रफि र प्रमाणत्र प्राप्त गर्ने छन् । नेपालमा हक्की खेल करिव चार दशक अधि भित्रिएको भएपनि दोस्रो राष्ट्रिय खेलकुद महोत्सव २०४० र २०६८ सालमा मात्रै गरि राष्टिय हक्की प्रतियोगिता भएको थियो । पहिलो राष्ट्रिय हकी प्रतियोगिताको च्याम्पियन नेपाल आर्मी हो ।
Comments are closed.