पर्वतको कुश्मा नगरपालिका -३ दुर्लुङमा बर्षा पछि भीषण पहिरो जाँदा शनिबार साँझ दुई घर बगाएको छ ।पहिरोले पुरिँदा आठ जनाको निधन तथा एकजना बेपत्ता भएका छन । राष्ट्रीय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना द्वारा पर्वत जिल्लाको खबरले स्तब्ध बनाएको जनाउदै प्रेस बिज्ञप्ती मार्फत दुख: प्रकट गरेका छन । बिज्ञप्तीमा भनिएको छ;
पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङ ढकलबारीमा अविरल वर्षासँगै शनिबार राती आएको पहिरोले पुरिँदा आठ जनाको निधन तथा एकजना बेपत्तासहित भएको भौतिक क्षतिको खबरले स्तब्ध बनाएको छ। यस दुखद घटनामा परी ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।
शनिबार राती गएको पहिरोमा परि बेपत्ता भएकाको तुरुन्त उद्दारका लागि पर्वत जिल्ला प्रशासन, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिरहनुभएको छ।संकटको यस घडीमा पहिरोमा परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको तुरुन्त उद्दार, राहत, पुनर्स्थापन तथा पहिरोका कारण जोखिममा परेको वरपरको बस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न सरकार तथा सम्बद्ध अधिकारीहरुलाई हार्दिक अनुरोध गर्दछु।
Comments are closed.