मनका विचारहरूलाई आदान प्रदान गर्ने एउटा साधन वा अौजार जस्तै भाषा विचार विनिमयको माध्यम हो l पहिचान युक्त यादृच्छिकको ” प्रतिक ” हरूको माध्यमहरूबाट या यादृच्छिकताको पहिचानभित्रको समुहमा भाषा वोध गम्य हुन्छ ! भाषाले राष्ट्रिय, क्षेत्रीय र जातिय परिधि अोगट्न सक्छ l यसलाई राजनितिक भौगोलिक सिमाले वाध्न सकिदैन् I भाषा भाषिका र उपभाषिकाहरू निरन्तरको सम्पर्क र अभ्यास नभए कालन्तरमा पृथक भाषामा परिणत हुन जान्छ l जस्तै एउटै संस्कृति भाषाबाट विकसित भएका भाषिकाहरू नेपाली भोजपुरी,वंगाली आदि नयाँ भाषाको रूपमा विकसित भए खस् हरूल प्रयोग गर्ने बोल्ने भाषापनि भाषाभित्रका भाषिकाहरू हिमालचली,गड्वाली,कुमाउनी, डोटेली र नेपाली गरी लगभग फरक फरक भाषाको रूपमा विकसित भै सकेका छन् l डोटेली भाषा बढि वोध गम्य भएकोले नेपाली भाषाको भाषिक मानिन्छ तर अरू गड्वाली,कुमाउनि,हिमाचली, भाषा परस्परमा अलग अलग र वोध गम्य नभएको कारण पृथक भाषामा गनिन्छन् I भाषा एउटा समुहभित्र बोलिने साधन हो भने विभिन्न भाषा भाषिलाई एउटै ठाउँमा सम्पर्क गर्ने सम्पर्क भाषाको काम गर्ने सुत्रपनि हो l नेपालको विभिन्न भाषा भाषिलाई नेपाली भाषाले परम्परा देखि सम्पर्ककोरूपमा वाधि आएकोले नै कालान्तरमा यसलाई राष्ट्र भाषा तथा राष्ट्रिय काम काजको भाषाको रूपमा कामले मान्यता पाएको हो नाकि संवैधानिक व्यवस्था पछि सम्पर्क सुत्र भएको हो चेतना रहोस् l क्षेत्रीय स्तरमा क्षेत्रलाई समेट्ने भाषालाई क्षेत्रीय भाषा भनिन्छ l जो निश्चित भौगोलिक सिमाभित्र वसोवास गर्ने विभिन्न भाषा भाषीहरूलाई क्षेत्रीय भाषालेपनि सम्पर्क भाषाको रूपमा काम गर्छ l जस्तै नेवारी भाषाले उपत्यकाभित्र अन्य भाषा भाषीहरूलाई सम्पर्क सुत्रको रूपमा काम गर्दै आएको थियो l जुन भाषा क्षेत्रीय सम्पर्कमा हुन्छ त्यसलाई अन्य भाषा भाषीले सिक्ने गर्छन् I त्यसै गरी पूर्वीय तराईको मैथिली भाषा ,मध्य तराईको भोजपुरी भाषा ,पश्चिम तराईको अवधी भाषा यी क्षेत्रिय सम्पर्कका भाषा हुन् I नेपालमा यी भाषा बाहेक दांगदेउखुरी देखि कंचनपुर सम्म भित्री मधेस र पश्चिम तराई सम्म बोलिने थारू भाषापनि क्षेत्रीय सम्पर्कको भाषा मानिन्छन् I नेपाली भाषा यी सबै क्षेत्रीय भाषा र स्थानिय भाषाहरूको वृहत सम्पर्क भाषा भएकोले यसको जगर्ना गर्नु , विकास र सम्मान गर्नु अनिवार्य छ I आजकाल तराईका अवधी मैथिली,भोजपुरी भाषाभाषीहरूलाई नेपालको राष्ट्रिय नेपाली भाषाले नै सम्पर्क सुत्रको रूपमा सदियौ देखि काम गर्दै आएको छ I राष्ट्रभाषा र राष्ट्रिय भाषाहरूलाई संरक्षण, संवर्धन, सम्मान गर्नु हामी सबैको दायित्व शव्दलेमात्र नभई व्यवहारमा पनि हुनुपर्छ भने कुनैपनि भाषाहरूको अध्ययन र प्रयोग नभए क्रमशः उक्त भाषाहरू लोप हुदै जान्छन् I पहिले कथ्य लोप हुन्छ कथ्य लोप हुनु भनेको बोलचाल हराउनु अर्थात् भाषा लुप्त हुनु मृत हुनु हो I क्षेत्रीय स्तरमा नेपाली भाषाका साथसाथै क्षेत्रीय सम्पर्क भाषालाईपनि अनिवार्य गरिनु अत्यन्त जरूरी छ I त्यसै गरी अन्य राष्ट्रिय भाषाहरू जसलाई कुनै समुदायले मातृभाषा मान्दछन् भने ति मातृभाषाको विकास, संवर्धन, संरक्षणकालागि कमसेकम प्राथमिक शिक्षा सम्म त्यै भाषाबाट पढन पाठन गराउने व्यवस्था गरिनु पर्छ I ति भाषाहरूको जगर्ना गर्न पाठ्यक्रम माथिल्लो तहसम्मको व्यवस्था गरि भाषा सिक्न चाहनेहरूको लागि उच्च शिक्षा कार्यान्वयन गरिनुपर्छ I नेपालमा नेपाली भाषा, राष्ट्रिय भाषा र मातृभाषा सम्पर्कको भाषा भएको कारणले विशेष महत्व राख्छ तर नेपाली राष्ट्रिय भाषालाई कुनैपनि भाषाले प्रतिस्थापन गर्न सक्दैन्न I अन्तर्राष्ट्रिय क्षेत्रमा भने नेपाली भाषा नेपालको सम्पूर्ण जातहरूको जातिय भाषाको रुपमा चिनिन्छ र महत्व राख्दछ I त्यसैले आदि महाकवि भानुभक्तलाई नेपाली जातीका कविको रूपमा सर्वसम्मत रूपमा पुजिन्छन् र चिनिन्छन् I उनलाई नेपालमा अन्य भाषालाई मातृभाषाको रूपमा बोल्नेहरूपनि आदि कवि भानुभक्तलाई अघात श्रद्धा गर्दछन् र राई,लिम्बु, मगर,गुरूगं,तामागं,नेवार ,थारू, मैथली,हिन्दी आदि सबै भाषाभाषीले आदि कवि भानुभक्तलाई नेपाल भूमिको राष्ट्रिय कवि र नेपाली जातीका जातीय कविको रूपमा अन्तर्राष्ट्रीय रूपमै ख्याति प्राप्त भै संसारमा सबै भन्दा बढी शालीक भएका कविका रूपमा स्थापित छन् I म सबै नेपालभूमिका नेपालीहरू तथा सरकार भनाउदाहरूलाई यसै लेखको माध्यमबाट भन्न चाहान्छु कि राष्ट्रिय भाषामा आँच आउने वा विगार्ने चलखेल नहोस् राष्ट्रिय भाषामा प्रश्न चिंह खडा गरी यसलाई लावारीस बनाउन खोजियो भने तिमीहरूको पहिचान र जीवनको अस्तित्व सदाकोलागि मर्नेछ I निशा अर्याल राजबिराज सप्तरी हाल: इजरायल
Comments are closed.