राहत बाँड्दै एन्फा अध्यक्ष थापा

Ganesh-thapaपाेखरा २२ बैशाख/गत शनिबार गएको विनाशकारी भूकम्पका कारण मृत्यु भएको मकवानपुरका ३४ जना मृतकका परिवारलाई सभासद् गणेश थापा नगद राहत बाँड्दै हिँडेका छन् । एन्फा अध्यक्ष थापाले शनिबार मकवानपुरका टिस्टुङ गाविसका चारजना मृतकका परिवारलाई राहतस्वरूप प्रतिपरिवार २५ हजार नगद प्रदान गरेका छन् ।

सरकारी तथा गैरसरकारी निकायले जिन्सी सामान मात्र वितरण गरेकोले पीडित परिवारमा नगदै आवश्यकता महसुस गरी नगद वितरण गरेको सभासद् थापाले बताए । यो दुखद् समयमा राजनीतिक वादप्रतिवाद भन्दा पनि माथि उठेर सहयोग गर्नुपर्ने सभासद् थापाले बताए ।

टिस्टुङकी माइली स्याङतान, प्रशान्त तामाङ, प्रमिला स्याङतान, रन्जित स्याङतान, थाहा नगरपालिकाका नरबहादुर बिष्ट, कृष्णबहादुर गोले, विनिता बयलकुटीको परिवारलाई सभासद् थापाले नगद २५ हजार रुपैयाँका दरले राहत वितरण गरेका छन्। सभासद् थापा थाहा नगरमा राहतवितरणपछि मकवानपुरको अर्को प्रभावित गाविस आग्रातर्फ लागेका छन् ।

Comments are closed.