एजेन्सी, २१ वैशाख ,
आसन्न स्थानिय निर्वाचन नजिकिदै जादा राजनैतिक दलहरुले मतदाता भेटघाटको क्रमलाई तिब्रता दिएका छन । यसै क्रममा राष्ट्रीय प्रजातन्त्र पार्टी पोखरा महनगरपलिका का प्रमुख पदका उमेद्वार शंकर खराल तथा उपप्रमुख पदकी उमेदवार रन्जना सेन पौडेल ‘रन्जु’ को समुह पनि नेता कार्यकर्ता सहित घर दैलो कार्यक्रममा लागेको रा. प्र. पा. पोखरा महानगरले जनाएको छ । रा प्र पा पोखरा महानगरले घरदैलो कार्यक्रम अन्तर्गत महानगरका वडाहरु १,२,३,३३,२९,३०,२७,१४,१५,२५, ४,५,७,९,१७,२२ मा मतदाता भेटघाटको कार्यक्रम सम्पन्न गरेको छ ।
घर दैलोका क्रममा मतदाताहरुको स्वागतले आफुहरु उत्साहित बनेको पोखरा महानगरपालिकाका प्रमुख पदका प्रत्यासी शंकर खरालले बताए । मेयरका उम्मेदवार खरालले यस पटक राप्रपालाई मतदात गरेर समृद्ध पोखरा बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका थिए । उपमेयकी उम्मेदवार सेनले सिप विकासलाई प्राथमिकता दिई रोजगारी सुनिश्चित गर्ने प्रतिवद्धता गरिन् । अचाकली कर बृद्धि गर्दा जनता मारमा परेको भन्दै राप्रपा उम्मेदवारले ५० प्रतिशत सम्म कर कटौती गर्ने बताएका छन् । शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षकलाई पोत्साहन गर्न तलब बृद्धि र प्राविधिक शिक्षामा जोड दिने राप्रापाको प्रतिवद्धता छ ।आफुले पदमा नहुँदा पनि पोखरा महानगरपालिकको लागी सामाजिक तथा धार्मिक महत्वका सवालहरुमा प्रत्यक्ष संलग्न हुँदै आएकोले आफु महानगरबासिको रोजाईको उमेदवार भएको प्रमुख पद का उमेदवार खरालले दावी गरे । यस भन्दा अगाडिका निर्वाचित जनप्रती निधिहरुका घोषणा पत्रहरु मतदाता झुक्याउनलाई मात्र बनेकाले ति कार्यान्वयन भएनन, जनता क्रुद्द भइसकेकोले अबको स्थानिय निर्वाचन मार्फत जनताले महानगरको मुहार फेर्न रा.प्र.पा रोज्ने उनले बताए ।
वडा नं. ७ को अध्यक्षमा आशिष थापा, ९ को अध्यक्षमा बाबुराम चालिसे, वडा नं. ९ मा भिम बहादुर कुँवर, १७ मा धन विक्रम मल्ल, र २२ मा सविन बरालले उम्मेदवारी दिएका छन् । रा प्र पा गण्डकी प्रदेस महामन्त्री वरुण बिक्रम राणाले जनाताले बिश्वस गरेर मतदान गरेकाले बिगत ३० बर्ष देखी धोका दिदै आएका कारण अबको रा प्र पा जनताको रा प्र पा भएकोले हलो चिन्हमा मतदान गर्न आग्रह गरे । रा प्र पा गण्डकी प्रदेस प्रवक्ता पार्बता पौडेलले अरु पार्टिका नेता कार्यकर्ताले पनि रा प्र पा मन पराउन थालेको तर खुल्न मात्र समय लागेको दावी गर्दै आगामी निर्वाचन मा हलोमा भोट दिएर सहयोग गर्न आग्रह गरिन । घरदैलो कार्यक्रममा मतदाताहरु उत्साहित भएको समेत बताएका छन् । चुनावी प्रचारप्रसार कार्यक्रम भव्यताकासाथ भइरहेको चुनावी प्रचारप्रसार समितिले बताएको छ ।चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम सबै वडाका उमेदवार सहितको उपस्थितिमा सम्पन्न भएको रा प्र पा पोखराले जनाएको छ ।
Comments are closed.