रिकभरिङ्ग नेपालद्वारा एक दिने तालिम

पोखरा–६, जेष्ठ

रिकभरिङ्ग नेपाल–लागू औषध नियन्त्रण तथा रोकथाम, मानव अधिकार र सम्भावित क्षति न्यूनीकरणका सम्बन्धमा केन्द्रित रहि सन् २००६ देखी कार्यविस्तार गर्दै आएको नेपालमा भएका पुनस्र्थापना केन्द्रहरुको एक राष्ट्रिय स्तरको सांजालिक संगठनको रुपमा परिचित रहेको छ । आज जेष्ठ ०४ २०७९ को दिन यस रिकभरिङ्ग नेपाल–गण्डकी प्रदेशले डिटक्सिफिकेसन एण्ड विथड्रल सिम्टम म्यानेजमेन्ट सम्बन्धी एक दिने तालिम कार्यक्रमको आयोजना गरको थियो । कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण केन्द्रहरुको प्रतिनिधीहरुको भेला भएको प्रसङ्गलाई विषयमा उद्रित गर्दै रिकभरिङ्ग नेपाललाई हालमा देशको परिस्थिति अनुसार प्रभावकारी संगठनका रुपमा चिनाउन चाल्नु पर्ने थप कदमका बारेमा चर्चा गर्दै रिकभरिङ्ग नेपालका केन्द्रिय अध्यक्ष दिलिप गुरुङ्गज्यूले कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल सरकारबाट मान्यता प्राप्त डा. नीभा अमात्यज्यूले सम्पूर्ण उपस्थितहरुलाई डिटक्सिफिकेसन एण्ड विथड्रल सिस्टम म्यानेजमेन्ट सम्बन्धी तालिम–साक्षात्कार प्रस्तुती राख्नुभएको थियो र नेपाल सरकारबाट मान्यता प्राप्त वकिल अ.ईश्वर परियारज्यूले लागू–औषध ऐन २०३३ सम्बन्धी साक्षात्कार प्रस्तुती राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि माननीय राजीव पहारीज्यूले कार्यक्रमको प्रशंसा पत्र सहभागीहरुलाई वितरण गर्दै यस्ता कार्यक्रमहरुको आयोजना गरिनुपर्ने र आवश्यक सहयोग–समन्वय र साथको लागी नेपाल सरकार प्रतिवद्ध रहेको व्यक्त गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुले कार्यक्रमलाई निकै रुचाएका थिए । कार्यक्रमको अन्त्यतिर सम्पूर्ण उपस्थितहरुले आ–आपनो अनुभव साटा–साट गर्नुभएको थियो । कार्यक्रम एकदमै फलदायक रहेकोमा सबैजना निकै खुशी देखिन्थे ।

कार्यक्रमको अन्त्यमा रिकभरिङ्ग नेपाल–गण्डकी प्रदेशका अध्यक्ष विकास बरुवाल क्षेत्रीज्यूले कार्यक्रमको महत्वलाई जोड दिदैँ रिकभरिङ्ग नेपाल एक स्वस्थ संगठन रहेको र यस्ता खाले कार्यक्रमहरु प्रस्तुत गर्न पछि नहट्ने अभिव्यक्तिका साथ भविष्यमा थप यस्ता कार्यक्रमहरु आयोजना गर्ने कोसिश गरिरहेको भन्नुभएको थियो । यसै विषयमा जोड्दै कार्यक्रम संयोजक देवेन्द्रकुमार गुरुङ्गज्यूले कार्यक्रमलाई अझ प्रभावशाली बनाउनका निम्ति सबैको साथ अपरिहार्य रहेको र कार्यक्रम आयोजनाका लागी थप सल्लाह–सुझावको आवश्यकता रहेको भन्दै कार्यक्रमको अन्त्य गर्नुभएको थियो । रहि सन् २००६ देखी कार्यविस्तार गर्दै आएको नेपालमा भएका पुनस्र्थापना केन्द्रहरुको एक राष्ट्रिय स्तरको सांजालिक संगठनको रुपमा परिचित रहेको छ । आज जेष्ठ ०४ २०७९ को दिन यस रिकभरिङ्ग नेपाल–गण्डकी प्रदेशले डिटक्सिफिकेसन एण्ड विथड्रल सिम्टम म्यानेजमेन्ट सम्बन्धी एक दिने तालिम कार्यक्रमको आयोजना गरको थियो । कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण केन्द्रहरुको प्रतिनिधीहरुको भेला भएको प्रसङ्गलाई विषयमा उद्रित गर्दै रिकभरिङ्ग नेपाललाई हालमा देशको परिस्थिति अनुसार प्रभावकारी संगठनका रुपमा चिनाउन चाल्नु पर्ने थप कदमका बारेमा चर्चा गर्दै रिकभरिङ्ग नेपालका केन्द्रिय अध्यक्ष दिलिप गुरुङ्गज्यूले कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल सरकारबाट मान्यता प्राप्त डा. नीभा अमात्यज्यूले सम्पूर्ण उपस्थितहरुलाई डिटक्सिफिकेसन एण्ड विथड्रल सिस्टम म्यानेजमेन्ट सम्बन्धी तालिम–साक्षात्कार प्रस्तुती राख्नुभएको थियो र नेपाल सरकारबाट मान्यता प्राप्त वकिल अ.ईश्वर परियारज्यूले लागू–औषध ऐन २०३३ सम्बन्धी साक्षात्कार प्रस्तुती राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि माननीय राजीव पहारीज्यूले कार्यक्रमको प्रशंसा पत्र सहभागीहरुलाई वितरण गर्दै यस्ता कार्यक्रमहरुको आयोजना गरिनुपर्ने र आवश्यक सहयोग–समन्वय र साथको लागी नेपाल सरकार प्रतिवद्ध रहेको व्यक्त गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुले कार्यक्रमलाई निकै रुचाएका थिए । कार्यक्रमको अन्त्यतिर सम्पूर्ण उपस्थितहरुले आ–आपनो अनुभव साटा–साट गर्नुभएको थियो । कार्यक्रम एकदमै फलदायक रहेकोमा सबैजना निकै खुशी देखिन्थे ।

कार्यक्रमको अन्त्यमा रिकभरिङ्ग नेपाल–गण्डकी प्रदेशका अध्यक्ष विकास बरुवाल क्षेत्रीज्यूले कार्यक्रमको महत्वलाई जोड दिदैँ रिकभरिङ्ग नेपाल एक स्वस्थ संगठन रहेको र यस्ता खाले कार्यक्रमहरु प्रस्तुत गर्न पछि नहट्ने अभिव्यक्तिका साथ भविष्यमा थप यस्ता कार्यक्रमहरु आयोजना गर्ने कोसिश गरिरहेको भन्नुभएको थियो । यसै विषयमा जोड्दै कार्यक्रम संयोजक देवेन्द्रकुमार गुरुङ्गज्यूले कार्यक्रमलाई अझ प्रभावशाली बनाउनका निम्ति सबैको साथ अपरिहार्य रहेको र कार्यक्रम आयोजनाका लागी थप सल्लाह–सुझावको आवश्यकता रहेको भन्दै कार्यक्रमको अन्त्य गर्नुभएको थियो ।

Comments are closed.