पोखरा ,
लागु औषध प्रयोग कर्ताको स्वास्थ्य र मानव अधिकार साथै उपचार तथा पुनर्स्थापनाको काम गर्दै आएको राष्ट्रीय स्तरको संजाल ‘रिकवरीङ नेपाल’ को गण्डकी प्रदेस को मिडिया क्याम्पिङ सोमबार पोखरामा सम्पन्न भएको छ । ‘रिकवरीङ नेपाल” गण्डकी प्रदेस कार्यक्रम संयोजक चेतन मल्ल को संयोजकत्वमा सम्पन्न कार्यक्रममा ‘रिकवरीङ नेपाल’ को गण्डकी प्रदेस अध्यक्ष बिकास बरुवाल क्षेत्रीले यस क्षेत्रको अवस्था,समस्या र समाधान का सम्भावना बारे तथ्याङ्क प्रश्तुत गरेका थिए ।अध्यक्ष बरुवालले हाल गण्डकी प्रदेश अन्तर्गत १९ ओटा उपचार केन्द्रहरुमा उपचारमा रहेका उपचारार्थीहरुको संख्या ७३० रहेको र गण्डकी प्रदेश अन्तर्गत १९ ओटा उपचार केन्द्रहरु मध्य दुई (२) वटा महिला पुनर्स्थापना केन्द्रहरु रहेको बताए। २०७६ मा नेपाल सरकारले गरेको सर्वेक्षण अनुसार नेपालमा १,३०, ४२४ जना लागु औषध प्रयोगकर्ता रहेका जसमध्ये १,२१,६९२- पुरुष र ८, ७३२ महिला रहेका छन् । बिषेस गरी महिला दुर्ब्य सनीहरुको लागी राज्यका निकायबाट एकदम कम ध्यान गएको अध्यक्ष क्षेत्रीले बताए । “गण्डकी प्रदेशमा ८९५६ जसमध्ये ७९६८ – पुरुष लागु औषध प्रयोगकर्ता र ९८८ महिला रहेका छन् । यसमा महिलाको संख्या ११ प्रतिशत रहेको कार्यक्रममा जानकरी दिइयो । लागु पदार्थ प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ % रहेको नेपाल लागु औषध शाखाले २०७६ मा गरेको सर्वेक्षण अनुसार कुल प्रयोगकर्ता मध्य ८०.४% गाँजाजन्य पदार्थको प्रयोगकर्ता रहेका छन्, जसमध्ये ९.४% – सुई को माध्यमले प्रयोग गरिने विभिन्न किसिमको लट्टयाउने पदार्थको प्रयोगकर्ता रहेको तथ्याङ्कले देखाउछ” अध्यक्ष क्षेत्रीले बताए । कुल प्रयोगकर्ता मध्य ४.७ % -ले अफिमजन्य पदार्थको प्रयोग गर्ने गरेका र अन्य ५.५ % प्रयोगकर्ताहरु रहेका तथ्याङ्कले देखाउछ भने त्यसमा ५२ % प्रयोगकताहरु १५ – २४ वर्ष समुहका , ४२ % प्रयोगकताहरु २५-३५ वर्ष उमेर उमेर समुहका र ३१ % प्रयोगकताहरु १० + २ का विधार्थी समुहका लागु पदार्थ प्रयोगकर्ता गण्डकी प्रदेशमा रहेको अध्यक्ष क्षेत्रीले बताए । कार्यक्रमको सन्चालन सन्जालका सदस्य राजु लामाले गरेका थिए ।
Comments are closed.