“रिकभरिङ नेपाल” गण्डकी प्रदेशमा नयाँ कार्यसमिति

                                पोखरा,

 

लागु औषध/मादक पदार्थ पुनर्स्थापना तथा उपचार केन्द्रहरूकाे राष्ट्रिय सांंजालिक संगठन  “रिकभरिङ नेपाल”अन्तर्गतको  गण्डकी प्रदेस समीति को साधारणसभा सम्पन्न भएको छ। चैत्र १९ गते शनिवार सम्पन्न साधारणसभा द्वारा  नयाँ कार्यसमिति चयन भएको हो  ।विकास बरूवाल क्षेत्रीको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष राेशन गुरूङ, काेषाध्यक्ष प्रतिमा बस्नेत,सचिव केशव खत्री, तथा सदस्यहरुमा मनाेज गुरूङ,  ओम गुरूङ,  राजेन्द्र ढकाल , केश गुरूङ र सन्देश माजु चयन भएका छन।नव निर्वाचित अध्यक्ष विकास बरूवाल क्षेत्रीले लागु औषध/मादक पदार्थ पुनर्स्थापना तथा उपचार केन्द्रहरूसंग जोडिएका समस्या तथा चुनौतिहरु को हलका लागि आफुले पाएको अभिभारालाले आफुमा काम गर्ने उर्जा थपिएको र आफुले कुशलता पुर्बक जिम्मेवारी पुरा गर्न हरसम्भव प्रयासरत रहने बताए।

Comments are closed.