रुपामा अन्तर आमा समुह हाजिरजवाफ प्रतियोगिता सम्पन्न

गण्डकी, २५ फागुन
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकाले गाविसस्तरीय अन्तर आमा समुह हाजिरजवाफ भएको छ ।

महिलाको क्षमता अभिवृद्धिका लागि हाजिरजवाफ लक्ष्यका साथ आयोजित प्रतियोगितामा दिगो आमा समुह प्रथम, भिरकोट आमा समुह द्धितीय,भित्रीगाउँ हातेमालो आमा समुह तृतीय र नवदुर्गा आमा समुहले सान्त्वना भएका थिए ।
कूल २१ वटा टीमको सहभागिता रहेको प्रतियोगिताका विजयी टीमले क्रमश १० हजार, आठ हजार, छ हजार र चार हजार नगद पुरस्कार प्राप्त गरेका थिए भने सहभागि प्रत्येक टीमलाई दुई हजार रुपैयाका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रतियोगताका विजयी टिमलाई नगद पुरस्कार वितरण गर्दै महिलाहरुले प्राप्त हक अधिकारको उपयोगमार्पmत निणर्ायक तहमा पुग्नुपर्ने बताउनुभयो ।
संवैधानिक अधिकार मागेर होईन खोसेर लिनु पर्ने उल्लेख गर्दै उहाँले त्यसका लागि सम्पूणर् महिला शक्ति एकतावद्ध भएर समृद्धिको अभियानमा जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो ।आमाले छोराछोरीलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिंदै उपसभामुख शर्माले भन्नुभयो,पछिल्लो समय मुलुकमा महिला तथा बालबालिकाप्रति बढेको हिंसाको अन्त्यका सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
“सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता” नारा सहित आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लालसुव्वा गुरुङले पाँच बर्षको अवधिमा पालिकाको खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायतका बिभिन्न क्षेत्रको विकासमा जोडदिंदंै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा रुपा वडा नं. १ का वडाअध्यक्ष दिपककुमार आले, २ का कार्यवाहक वडाअध्यक्ष गिता रुपाखेतीले अन्तर आमा समूह हाजिरीजवाफ प्रतियोगिताले आमाहरुमा उत्साह थप्नुका साथै ज्ञानबर्दक भएको विचार व्यक्त गर्नुभयो ।
ः (रासस)

Comments are closed.