पोखरा हटलाईन,
उत्तम पौडेल
असोज ,१
कास्किको रुपा गाँउपालिकामा नजिकिदै गरेको हिन्दू हरुको महान चाड बडा दशै तथा तिहार मा आम उपभोक्ताहरुले खाद्यान्न तथा अन्य सामान हरु खरिद गर्दा गुणस्तरिय र सर्भसुलभ भए नभएको बारे शनिबार देखी बजार अनुगमन थालिएको छ ।मुल्य सुचि,समानको म्याद्,बिल,नविकरण लगायत का १४ वटा मापदण्ड बनाएर अनुगमन शुरु गरिएको रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा ले पोखरा हटलाईन लाई जानकारी दिए ।शनिबार पहिलो चरणमा वडा हरु ३,४,५ र ७ मा अनुगमन गर्दा केहि टिनमा बेचिने पेय पदार्थ र मसला हरु म्याद गुज्रेको भेटिएको र त्यसलाई मुचुल्का उठाएर नस्ट गरिने अध्यक्ष ओझाले जानकारी दिए ।अनुगमन टोलिमा गाउपलिकाका अध्यक्ष,उपाध्यक्ष,प्रशाशकिय अधिकृत,बिभागिय अधिकृत,स्वास्थ्य प्रतीनिधी ,नेपाल प्रहरी र सम्बन्धित वडाका वडाध्यक्ष सम्मिलित थिए ।टोलिले दोस्रो चरणको अनुगमन वडाहरु १,२ र ६ मा आइतबार सम्पन्न गर्नेछ ।
Comments are closed.