रुरु जलविद्युतको आईपीओ बाँडफाँट

 

३ वैशाख, काठमाडौं । रुरु जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । र बाँडफाँटमा ३७ हजार ९१६ जनाले शेयर प्राप्त गरेका छन् । आईपीओ पर्नेहरुले १० कित्ता सेयर पाएका हुन्।

१०/१० कित्ता बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता थप ७ जनालाई एक÷एक कित्ताका दरले वितरण गरिएको छ । रुरुको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदन परेको थियो । कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ७ हजार ७०६ कित्ता सेयर बिक्रिमा राखेको थियो ।

त्यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारीलाई, २० हजार ३८५ कित्ता सामुहिक लगानी कोष र बाँकि ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणको बिक्रीका लागि खुला गरिएको थियो ।
शुक्रबार रुरुको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले २० चैतबाट प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा सेयर बिक्रीमा ल्याएको हो

Comments are closed.