पोखरा ,
रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ । रेडियो अन्नपूर्ण २०५८ साल वैशाख १२ गते स्थापना भएको हो।
२२ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखेले स्थापना काल देखिको सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिने बताइन् ।
निर्देशक डा.माया लामाले स्रोता शुभेच्छुकहरुको साथ र सहयोगका कारण रेडियोले भिन्न पहिचान बनाउन सफल भएको बताइन् ।
निर्देशकद्धय विजेश पालिखे र बरदान ताङवे लामाले चुनौती सँगसँगै नयाँ सम्भावनाको खोजी गर्ने बताए । कार्यक्रममा स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल, बरिष्ठ प्रस्तोता आरजु विष्ट सल्यानी ,अन्नपूर्णकर्मी बासुदेव मिश्र, कन्जन थापा र नारायण पौडेलले समय सँगसँगै रेडियोलाई परिमार्जन गर्दै लैजानुपर्ने बताए ।
रेडियोले उत्कृष्ट कार्य गर्ने विभिन्न कर्मचारीहरुलाई सम्मानसमेत गरेको छ । वेस्ट स्टाफ अफ दि इएरबाट संबाददाता सबिन रेग्मी सम्मानित भए । उनलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मानपत्रले सम्मान गरियो । त्यस्तै रेडियोकर्मी आरजु बिष्ट सल्यानी र कृष्ण सुबेदी लाई बिभिन्न कार्यक्रमको संयोजक बाट सम्मान गरियो।
शान्ति र विकासका लागि संचार नारासहित स्थापना भएको रेडियो अन्नपूर्ण अन्तर्गत पब्लिक एफएम ९९.६ मेगार्हज र अनलाईन अन्नपूर्ण न्यूज पोर्टल भगिनी संस्थाका रुपमा रहेका छन् ।
Comments are closed.