पोखरा, १५ भाद्र ।
सफलता मिडिया प्रालिद्धारा संचालित रेडियो सफलता १०३.४ मेगाहर्ज पोखराको आयोजना तथा नेपाल सरकार जनसख्या तथा वातावरण मन्त्रालय, वातावरण विभागको आयोजनामा भएको छैँठौ “ तिज गीत प्रतियोगीता २०७३” मा अमरसिंह दृष्टिविहिन समुह प्रथम भएको छ । यस्तै नारी उत्थान दिदि बहिनी समुह द्धितिय, त्रिवेणी सांगीतिक समुह तृतीय र गोर्खाली आमा समुह सान्त्वना भएको छ । प्रतियोगीतामा प्रेमा रानाको समुह उत्कृष्ट नृत्य, शसक्त नुमना आमा समुह उत्कृष्ट भेषभुषा र साथीसंगी समुह अनुशासित भएको छ ।प्रतियोगीतामा प्रथम हुने समुहले नगद रु.१५ हजार, द्धितिय हुनेले नगद रु. १० हजार, तृतिय हुनेले नगद रु. ५ हजार र साम्त्वना हुने समुहले नगद रु. २ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट नृत्य, भेषभुषा तथा अनुशासित समुहलाई नगद रु.१÷१ हजार प्रदान गरिएको रेडियोले जनाएको छ । प्रतियोगीतामा २५ टिमले भाग लिएका थिए ।यसअघि कार्यक्रममको उद्धघाटन गर्दै व्यवस्थापिका संसदकी माननिय सदस्य शारदा पौडेलले विशुद्ध नेपाली मौलिक पर्व तिजको मर्म र भावनालाई उजागर गर्दै वातावरण्ीय स्वच्छतामा योगदान गर्न आह्वान गर्नुभयो । उहाँले हरितालिका तिजले महिलाहरुलाई भेटघाट र आपसी सद्भाव बढाउने पर्वको रुपमा लिनुपर्ने बताउनुभयो । खानेपानी क्षेत्रिय अनुगमन तथा सुपेरीवेक्षण कार्यालय पोखराका सिनियर डिभिजनल इन्जिनियर नन्दलाल बञ्जाडेले मानविय स्वास्थ्य तथा वातावरणीय स्वच्छताका लागी पर्यावरणको प्रदुषण रोक्दै सरसफाईमा समर्पित हुन आग्रह गर्नुभयो । नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय, वातावरण विभागका निर्देशक गोपाल प्रसाद वगालेले सरकार मानिस तथा वातावरणको दिगो जिवनको सुरक्षाका लागी योजनावद्ध रुपमा निरन्तर लागीरहेको बताउनुभयो ।पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेलले पोखरालाई वातावरणमैत्री शहर बनाउने कार्यमा हातेमालो गर्न अपिल गर्दै, सफलताले गरेको कार्यको खुलेर प्रसंशा गर्नुभयो । कार्यक्रमका मुख्य प्रायोजक तथा होटल रिदम अर्गानिक एण्ड रेष्टुरेण्ट विरौटाका प्रमुख दिपक शर्मा पौडेलले मानविय स्वास्थ्य प्रवद्र्धनका लागी अर्गानिक उत्पादन तथा प्रयोगमा जोड दिनुभयो । महिला समन्वय समिति पोखरा ७ की अध्यक्ष प्रभा पन्तले यस्ता प्रकारका पर्वहरुलाई महिला शसक्तिकरणको मौका रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो ।स्थापनाकाल देखी निरन्तर गर्दै आएको प्रतियोगीताको छैँठौ संस्करणमा स्वच्छ वातावरण का लागि सरसफाईलाई जोड दिईएको रेडियोकी प्रबन्ध निर्देशक दुर्गा अधिकारीले बताउनुभयो ।रेडियो सफलताकी प्रबन्ध निर्देशक अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सावित्रा कोईराला र संचालन रेडियो सफलताका मधु अधिकारीले गर्नुभएको थियो ।सोही कार्यक्रममा साहित्यकार तथा लोक गायिका अम्विका भण्डारीलाई सम्मान समेत गरिएको थियो । सम्मानित व्यक्तित्व भण्डारीले सफलताले आफुलाई सम्मान गरेर साहित्य क्षेत्रमा आफ्नो जिम्मेवारी बढेको बताउनुभयो ।
Comments are closed.