पोखरा
चिनको वुहान शहरबाट देखा परेको विश्व महामारी कोभिड नाइन्टिन कोरोना नामक भाइरसले विश्व मानव जगत अनि विज्ञानलाई नैचुनौती दिदै आइरहेको छ।उक्त भाइरसले पछिल्ला दिनहरुमा ससङ्कित पार्दै विश्व मानव जगत अनि ठुला ठुला विज्ञान संस्थालाई थपचुनौती दिदै आफ्नो उग्र रुप देखाइरहेको छ।सम्पुर्ण मानव जगत नै उक्त भाइरस कहिले निर्मुल होला?के कस्तो क्षति पुर्याउला?रोकथामका निम्ति कुनै खोप तथा औषधि बन्ला या नबन्ला? जस्ता प्रश्नहरुको उत्तर खोज्न लागिपरिरहेका छन त कोहि निम्नलिखितप्रश्नहरुको उत्तरको प्रतीक्षामा छन। अहिले विश्व समुदाय नै कोरोनाबाट सतर्कता अपनाउने भन्दै लकडाउन अर्थात् बन्दाबन्दिकोअवस्थामा रहेको छ।पुरै विश्व नै ठप्प छ ,छक्क छ ।पछिल्ला दिनहरुमा उक्त भाइरस ससङ्कित र मर्माहत पार्दै आइरहेको छ।लकडाउन अर्थात् बन्दाबन्दी पनि निश्चित मिति पछि किस्ताबन्दीमाको ढाचामा सरिरहेको छ अर्थात् लकडाउन बढाउदै लगेको अवस्थाछ।विश्व आकाशमा उड्ने विशाल जेट विमान ,जहाज ,प्लेन अनि राजमार्गमा गुड्ने सबै प्रकारका यन्त्र अहिले अस्तब्यस्त छन् ।पेट्रोल,मट्टीतेल ,डिजेलका खानी तथा उत्पादित श्रोतमा अकल्पनीय खालको गिरावट आइरहेको छ। द्रुत गतिमा आफ्नो प्रस्तुतिलाई सक्रियरुपमा अगाडि बढाउदै उक्त भाइरसले मानव जगतलाइ अर्कै खालको सन्त्रास फैलाएको अनि मावललाइ मच्चाइरहेको छ।अहिलेकोअवस्थामा आइपुग्दा कोरोनाका कारण सङक्रमित अनि मृत्यु हुनेको सङ्ख्या तिव्र गतिमा बढिरहेको छ ।पछिल्लो तथ्यांक अनुसार विश्वभरी नै सङ्क्रमित हुनेको सङ्ख्या ,मृत्यु हुनेको सङ्ख्या र निको भइ घर फर्किनेको सङ्ख्या क्रमशः सत्चालीस लाख बीस हजार एकसय छ्यानब्बे ,तीन लाख तेह्र हजार दुई सय बीस र अठार लाख बाह्र हजार छ सय चौहत्तर रहेको छ।यो तथ्यांकलाई हेर्दा उक्तभाइरसले ठूलो मानवीय क्षति गराएको र त्राही त्राहिको अवस्था पारेको देख्न सक्छौ।ठूलो मात्रामा पृथ्वी बाट वायुमण्डलमा उडेर जानेधुलो,औद्योगिक भवनबाट निक्लिने धुवाँ र सबारी साधनबाट निक्लिने धुवाँ एकदम न्युन रहेको हुँदा पारिस्थितिक प्रणालीमा भने असरनपुगेको मौसमविदहरुले जानकारी गराएका छन।
देशमा रहेको बेरोजगारी अनि घरायसी ब्यबहारका कारण नेपालबाट बर्सेनि बिदेश बाहिरिने नेपाली श्रमिकको सङ्ख्या उस्तैनिकै नै सङ्ख्यामा रहेको छ।करिब चालीस लाख नेपाली श्रमिकहरु अहिले बिदेशमा रहेका छन। घरायसी समस्या र देशमा रहेकोबेरोजगारीका कारण उमेर पुग्दा बित्तिकै नागरिकता बनाउन प्रशासन धाउने र पासपोर्ट या राहदानी बनाउन राजधानी हाकिइ प्लेन चार्टर्डगरि बिदेश जाने नेपाली श्रमिकको अवस्था अहिले दयनीय रहेको छ ।त्रिभुवन विमानस्थलबाट प्लेन चढी गलामा खादा भिराई ,अभिरकोरातो टीका लगाएर बिदाइ गर्न गएका परिवार आफन्त र इष्टमित्रबाटअनि साथिभाइ बाट छुटिदै गर्दा वा विदाइ हुँदै गर्दा उनिहरुकोआखामा देखिने दृश्य कहालिलाग्दो अनि भक्कानिने खालको देख्न सकिन्छ ।केही गरौला ,कमाऔला,प्रगती गरौला भनी बिदेशहानिएका सबै नेपाली श्रमिक नागरिक अहिले आशुको तलाउमा डुबेका छन। काम गरौं सबै उद्योग ,कलकारखाना बन्द छन् ,घर फर्किउसाथमा पैसा छैन अनि सबै हवाई उडानमा प्रतिबन्ध लगाइएको छ,बाहिर निक्लौ कोरोनाको सन्त्रास फैलिरहेको छ ,मरिन्छ कि भन्ने डरछ।यो भन्दा दु:खद अनि कहालीलाग्दो के नै हुन सक्छ र?
यता स्वदेशमा बस्ने परिवारहरु पैसाको आश गरि बसेका छन ,छोराको यति छोरिको यति अनि घरायसी व्यबहारमा यति खर्चलाग्यो भनी बिल बनाएका छन प्रदेशमा रहेका आफन्तलाइ बिल पठाएका छ्न।प्रदेशमा कमाउन भनी गएको अनि कहिले पैसा पठाउलाभनी दिन गन्ने अनि उनिहरुको आशमा बाचिरहेका स्वदेशी आफन्तहरु बिदेशबाट पैसा नआउदा अनि आफ्नो आम्दानी नहुदा भोकमरिकोचपेटामा परिरहेका छन।अवस्था दयनीय छ,कहालीलाग्दो छ,अकल्पनीय छ।घर व्यबहार चलाउन नसक्ने अवस्था भएपछी आत्महत्याकोप्रयास गरि देह त्याग्नेहरुको सङ्ख्या पनि त्यस्तै मात्रामा रहेको छ। बिदेशमा बिचल्लीको रुपमा परिरहेका र गुज्रिरहेका आफ्ना नेपालीनागरिकलाइ स्वदेश फिर्ता गराउन अथवा जुन देशमा छन त्यही देशमा गाँस बाँस अनि कपासको ब्यवस्था गर्न सरकारले बिदेश स्थितदुतावास अनि संबंधित निकायसँग कुटनैतिक पहल गरि तदारुकताका साथ अगाडि बढ्नुपर्ने , नेपालमै रहेका उक्त श्रमिकका आफन्तअनि उक्त महामारीको चपेटामा परि भोकमरीको अवस्थामा पुगेकाको मौलिक तथ्यांक निकाली राहत उपलब्ध गराउन समेतसक्रियताका साथ अगाडि बढ्नुपर्ने देखिन्छ। जसका लागि सरकार अब जनताको घरदैलोमा पुगोस् ।
कोरोनाको विरुद्ध लड्न धैर्यता अपनाऔ,नआत्तिऔ।
सामाजिक दुरि कायम गरौ,अनावश्यक काममा घर बाहिर नजाऔ।
बाहिर हिड्दा हेण्ड ग्लव्स लगाऔ,साबुनपानीले बीस सेकेन्डसम्म मिची मिची हात धौऔ।
लेखक@जनपृय बहुमुखी क्याम्पसमा बिए दोश्रो वर्षमा पत्राकारिता अध्ययनरत विद्यार्थी हुन।
Comments are closed.