रेवानले होली महोत्सव गर्ने

पोखरा,

होली पर्वको अवसरमा रेवान पोखराले होली महोत्सव आयोजना गर्ने भएको छ । आपसमा रङ्ग दलेर शुभकामना साटासाट गर्दै मनाइने होली पर्वका अवसरमा रेवानले वर्षेनी गर्दै आएको महोत्सवलाई निरन्तरता दिदै यसपटकपनि होली महोत्सव गर्न लागेको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।

आउँदो शुक्रबार अम्मट घाटबाट शुरु हुने महोत्सवमा स्वदेशी, विदेशी पर्यटक, पर्यटन सम्बद्ध संघसंस्था, प्रशासनिक निकायका प्रतिधिनी, स्थानिय आमा, युवा समुह लगायतको सहभागिता रहने बताइएको छ । महोत्सव सफल पार्न रेवान पोखराका सदस्य विष्णु बानियाँको संयोजकत्वमा समिति गठन गरिएको रेवान पोखराले जनाएको छ । ‘दिउँसो अम्मटमा सबैजना जम्मा भई बाजागाजा सहित खहरे चोकसम्म होली खेल्दै जाने हो’ संयोजक बानियाँले बताए । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।

Comments are closed.