रेशम चौधरीको रिहाइको माग सम्बोधन गर्न बादलको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं ,१६। सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृह मन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
सोमबार सरकारका प्रवक्ता पार्वत गुरुङले गृह मन्त्री थापाको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सम्मिलित तीन सदस्यीय वार्ता टोली गठन गरिएको जानकारी दिएका हुन् ।
उनकाअनुसार उक्त टोलीले आजैदेखि वार्ताको प्रक्रिया अघि बढाउने भएको छ ।
थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त आन्दोलन र केन्द्रीय आन्दोलन परिचालन समितिले रेशम चौधरीको रिहाइसहित विभिन्न १९ बुँदे माग राखेको छ । सोही मागका विषयमा छलफल गर्न सरकारले वार्ता टोली गठन गरेको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकार टिकाउन पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) नेपालसँग निरन्तर छलफल गरिरहेका छन् । जसपाले संविधान संशोधन र रेशम चौधरीसहितका नेताहरूको रिहाइ नगरेसम्म सरकारमा नजाने बताउँदै आएको छ ।
वार्ता टोलीका सदस्य डा. भट्टराईले वार्तामा बसेपछिमात्रै मागका सम्बन्धमा छलफल हुने बताए ।बाह्रखरी

Comments are closed.