रेष्टुरेन्ट व्यवसायमा हानिएका तन्नेरी

1978838_692075194164651_8912195526581637527_nपोखरा, ६ पुस/ गोरो र हँसिलो अनुहार । युवा जोस र जाँगर । सोसल इन्जिनियरिङको अध्ययनसँगै अध्यापन पनि । बाँही रहेको समय व्यवसायमा पनि लगाउने सोंच गराएका धम्पुस–३ फेदीका सुशील ज्वारचनले शनिबार पोखरा हटलाइनलाई आफ्ना योजनाहरु सुनाउँदै थिए । ‘समय भनेको यसै बित्छ यसलाई हामीले जतिसक्दो सदुपयोग गर्न सक्नुपर्ने रहेछ’, ज्वारचनले भने ।
८ बर्षदेखि अध्यापन र साहित्य तथा स्तम्भ लेखनमा समेत क्रियाशिल ज्वारचन अहिले रेष्टुरेन्ट व्यवसायमा पनि हानिएका छन् । पोखरा–बाग्लुङ भूपी शेरच न राजमार्ग अन्तर्गत कास्कीको पर्यटकीय ठाउँ धम्पुस जाने वाटोको प्रश्तान बिन्दु नजिकै फेदीमा नयाँ शैलीमा बनेको भवन देखिन्छ । त्यही भवनलाई उनले थकाली होम्स् नामको आधुनिक रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । उनले रहर र देखासिकीको आधारमा होटर व्यवसाय सुरु गरेका भने होइनन् उनीसँग उद्देश्य र केही गर्छु भन्ने जाँगर पनि छ । उनले ३५ लाख रुपैयाँ लगानी गरेर संचालनमा ल्याएको रेष्टुरेन्टमा अहिले स्थानीय खानाको स्वाद पाइन्छ । थकाली तथा लोकल खाना, लोकल कुखुरा तथा खसीको मासु, लोकल माछाको स्वाद पनि पाइन्छ ।
युवा व्यवसायी ज्वारचन रेष्टुरेन्ट रहेको ठाउँ नजिकै व्यावसायिक रुपमा तरकारी तथा अन्य खेती गर्ने, माछा पालन र माहुरी पालन गर्ने सोंचका साथ अगाडी बढेका छन् । निरन्तर लगाब र मेहनत गर्ने हो भने अवश्य सफल भईन्छ भन्ने उनीलाई लागेको छ । ‘समयको महत्व बुझ्न र परिश्रम गर्नेे हो भने असफल भईन्छ भन्ने मलाई लाग्दैन’, उनी भन्छन् । तीन महिना अघिमात्रै संचालनमा आएको थकाली होम्स्, एकान्तप्रेमी र घुम्न मन पराउने ग्राहकको रोजाईमा पर्न थालेको छ ।
देशमै बसेर केही व्यवसाय गरौं भन्ने सोंच र आर्थिक उपार्जनको बलियो आधार पनि भएका कारण व्यवसाय सुरु गरेको उनको भनाई छ । जागिर भन्दा पनि आफैं स्वाबलम्बी भएर केही गरौं भन्ने सोंचले व्यवसाय थालेको उनी बताउँछन् । बुवा रामप्रसाद ज्वारचनले पहिलेदेखिनै गरिरहेको सामान्य होटललाई विस्तार व्यवस्थित गर्दै स्तरिय रेष्टुरेन्टका रुपमा संचालन ल्याइएको हो । रिभर साइड क्याम्पीङ, होम स्टे, सामान्य सेमिनार हल, पिकनिक स्पट लगायतका सेवा थप गर्ने उनीसँग योजना छन् । व्यवसाय सानो ठूलो भन्ने हुँदैन काम र परिश्रमलाई महत्व दिएर सहज जीवनयापन गर्ने हो । सिप र जाँगर लगाएर आफ्नै क्षेत्रमा केही गर्न सक्न हो भने विदेश नै पलायन हुनुपर्दैन भन्ने अहिले उनलाई लागेको छ ।10388634_810824742289695_898820292564339064_n

Comments are closed.