रोटरी क्लव अफ पोखरा न्यूरोडद्धारा कास्की कारागारमा न्यानो कपडा तथा म्याट्रेस बितरण कार्यक्रम सम्पन्न

 

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रहेर  आफु भन्दा माथि सेवा भन्ने मुल उदेश्यका साथ स्थापित क्लव, रोटरी क्लव अफ पोखरा न्युरोडले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत सन्निकटमा रहेको आफ्नो सातौं वार्षिकोत्सवको उपलक्ष्यमा एक कार्यक्रमका बिच जिल्ला कारागार कास्कीमा त्यहांका कैदि वालकहरुको लागि न्यानो कपडा तथा महिला वन्दीहरुको लागि म्याट्रेस बितरण कार्यक्रम सम्पन्न गरेको छ । क्लवका अध्यक्ष रोटरीयन टुवराज वास्तोला “बिशाल”को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा रोटरी क्लव अफ पोखरा न्युरोडका संस्थापक अध्यक्ष रोटरीयन रवि प्रसाद वराल रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि वरालले रोटरीका ६ वटा फोकस एरीयाको वरोमा आफ्ना धारणा राख्नु भएको थियो । रोटरीले शान्ति स्थापना र द्धन्द व्यवस्थापन, रोग लाग्नवाट वच्ने उपाय र सोको उपचार, जल तथा पर्यावरण, सुत्केरी आमा तथा वच्चाको स्वास्थ, आधारभुत शिक्षा र साक्षारता अभियान, आर्थिक सवृद्धि र समुदायको विकासका वारेमा चर्चा गर्न भयो । कार्यक्रममा कास्की जिल्ला कारागार प्रमुख हरी प्रसाद गौतमले रोटरी क्लव अफ पोखरा न्युरोडले सामाजिक क्षेत्रमा पुर्र्याएको सहयोगको प्रशंसा गर्दे सरकारले आफ्नो दायित्व विर्सेको अवस्थामा रोटरी जस्तो संस्थाले आफ्नो समाजिक दायित्व वहन गर्ने क्रममा कारागारको उन्नयनमा खेलेको भुमिकाको प्रशंशा गर्दे आगामी दिनहरुमा समेत यस्ता सहयोगको निरन्तरताको अपेक्षा गर्दे धन्यवाद व्यक्त गर्नू भएको थियो । रोटरी क्लव अफ पोखरा न्युरोडका सचिव रोटरीयन ईन्द्र व. थापाले संचालन गर्नू भएको उक्त कार्यक्रममा क्लवका प्रेसिडेन्ट ईलेक्ट प्रेम प्रसाद शर्माले स्वागत गर्न भएको थियो भने कार्यक्रमको औचित्यताको वारेमा रोटरीयन अव्राहम खानले आफ्नो भनाई राख्नु भएको थियो । रोटरीयन आव्राहम खानको विशेष सहयोगमा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा क्लवका अध्यक्ष एवं कार्यक्रमका सभापति रोटरीयन टुवराज वास्तोला “बिशाल”ले सभापतिको आसनवाट वोल्दै रोटरीले पोलियो उन्मुलन पश्चात पुर्ण साक्षरता कार्यक्रमलाई एक अभियानकै रुपमा लिई निरक्षरता उन्मुलन तर्फ आफ्ना कार्यक्रमहरुलाई फोकस गरिरहेको वताउंदै आफ्ना सामाजिक सेवा भावका कार्यहरुलाई अगाडी सारेको वताउनु भयो । उहांले क्लवले समाजको लागि हितकर हुने समाजमैत्री कार्यक्रहरु वेला वेलामा आयोजना गरी निरन्तरता दिदै जाने वताउनु भयो । क्लवले आफ्नो स्थापनकाल देखिनै अबिछिन्न रुपमा समाजमा आईपरेको सामाजिक समस्या र चुनौतिहरुको समाधानका लागि तथा स्थानियस्तरमा नेत्रित्व र व्यक्तित्व बिकासका लागि बिभिन्न कार्यक्रमहरु गर्दे आईरहेको वताउंदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Comments are closed.