रोनाल्डोको नवजात छोराको मृत्यु

एजेन्सी ,

म्यान्चेस्टर युनाइटेडका सुपरस्टार खेलाडी क्रिस्टियान रोनाल्डोको नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको छ । सोमबार राति रोनाल्डो र उनको प्रेमिका जिओर्जिना रोड्रिग्वेजले नवजात जुम्ल्याहा बच्चा मध्ये छोराको मृत्यु भएको जनकारी दिएका हुन् ।यस्तै छोरीको स्वास्थ्य अवस्था भने ठीक रहेको रोनाल्डोले बताएका छन् । गत अक्टोबरमा रोनाल्डो र रोड्रिग्वेजले जुम्ल्याहा बच्चाको आशा गरेका थिए । यसअघिपनि रोनाल्डोको एक जुम्ल्याहासँगै चार छोराछोरी रहेका छन् ।

Comments are closed.