पोखरा हटलाईन,
असार २१,
तीन महिनादेखि सार्वजनीक यातायात बन्द छन् । विश्वमा देखिएको कोरोना भाइरसका कारण सरकारले गत चैत ९ गतेदेखि सम्पूर्ण सार्वजीक यातायात बन्द गरेको थियो । भने चैत ११ गतेबाट देश लकडाउन भयो । सरकारले लकडाउन घोषणा गरेको एक सय दिन पुग्दा पनि सार्वजनीक सवारीसाधन संञ्चालन हुने अवस्था छैन् । सरकारले लकडाउन घोषणा गरेको सय दिन वितेकै दिन पृथ्वी राजमार्ग बस सचांलन कम्पनी पोखराले कम्पनीका पत्रकार सम्मेलनको आयोजना गरी बसका सवारीको कागजपत्र र तालाचाबी बैंकलाई बुझाउने चेतावनी दिनुभएको छ ।
कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले आबद्ध व्यवसायीलाई कागजपत्र संकलन गर्न आह्वान गरेको बताउनुभयो । आबद्ध १ हजार ४ सय सवारीको कागजपत्र र ताला चाबी असार २१ गतेभित्र कम्पनीमा बुझाउन आह्वान गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो । यातायात व्यवसायमा करिव ७० प्रतिशत वित्तिय संस्थाको लगानी छ भने ३० प्रतिशत यातायात व्यवसायीको लगानी रहेको अध्यक्ष केसीले बताउनुभयो ।
आफनो लगानी फिर्ताको लागि आवश्यक प्रक्रिया अगाडी बढाइने अध्यक्ष केसीले बताउदै भन्नुभयो, ‘बैंक तथा वित्तिय संस्थाहरुले व्यवसायीको किस्ता भुक्तानी गर्ने समयअवधि न्यूनतम ६ महिना थप नगर्ने हो भने कम्पनीमा आबद्ध व्यवसायीहरुलाई सवारी साधनहरुको कागजात र ताला चाबी बुझाउनुको विकल्प छैन् ।’
बैकं तथा वित्तिय संस्थाले ब्याज तिर्न ताकेता गरेपछि ब्यवसायीले लकडाउनका कारण तीर्न सक्ने अवस्था नभएको बताउदै उहाँले भन्नुभयो,‘लकडाउनका कारण वस लगायत सार्वजनिक सवारी साधन लामो समयदेखि ग्यारेजमा थन्किएका छन् । यस्तो अवस्थामा तत्काल व्याज तिर्न सक्ने अवस्था छैन् । सरकारले करिव ६ महिनाको म्याद दिनुपर्छ ।’
सरकारले व्यवसायीको समस्यालाई सम्वोधन नगरे यहि असार २१ गतेपछि सवारी साधनहरुको कागजात र चावी ताला सम्वन्धित बैंक तथा वित्तिय संस्थालाई बुझाउन आफुहरु बाध्य हुने उहाँको भनाई छ ।
कार्यक्रममा व्यवसायी ऐन कुमार शाहीले अधिकांश सवारीमा झार उम्रिएकाले तिनै गाडी गुडाउन मर्मत नगरी सम्भव नभएको बताउनुभयो । मर्मत गर्नै लाखौं रुपैयाँ लाग्ने अवस्था रहेको बताउँदै बैंक वित्तीय संस्थाबाट ऋण लिएर चलाइएका गाडी व्यवसायीलाई नै घाँडो हुन थालेको उहाँले जिकिर गर्नुभयो ।
लकडाउन केही खुकुलो हुदैगए पनि सार्वजनिक सवारी साधन नचल्दा आफुहरु मर्कामा परेको व्यवसायीको भनाई छ । अहिलेको अवस्थामा आफुहरुले सामाजिक दुरी कायम गर्दै सवारी साधन चलानउ नसक्ने यातायात व्यवसायी केशव अधिकारीले बताउनुभयो ।
नेपालमा करिव ३ लाख यात्रु बाहक सवारी साधन र ६० हजार मालबाहक सवारी साधन संचालनमा रहेका छन् भने करिव १२ लाख नागरिकले प्रतक्ष रुपामा एवं ४० लाख मानिसले अप्रत्यक्ष रुपामा रोगजारी पाएको बताइएको छ ।
Comments are closed.